WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
मंगलबार पौष १७ गते, १ जनवरी २०१९ । विभिन्न सामाजिक संञ्जालहरु नेपाली टोपी लगाएर खिचाईएका तस्बीरहरुले रंगिए । यस्तै बर्दियाको गुलरिया स्थित रहेको राधाचोकमा पनि जिल्लाका केही समाजसेवी तथा बुद्धिजिवी वर्गहरुले नेपाली टोपीमै भेला भई सामुहिक तस्विर खिचाएका छन ।
जसमा नागरिक समाज संञ्जाल बर्दियाका संयोजक बालकृष्ण ओली, पत्रकार तथा गैर सरकारी संस्था महासंघ बर्दियाका अध्यक्ष बिष्णु प्रसाद तिमिल्सेना, कान्तिपुर दैनिकका पत्रकार कमल पन्थी, पर्यटन पत्रकार संघ बर्दियाका अध्यक्ष दिपक शर्मा, उपाध्यक्ष माधव चापागाई, प्रेस क्लव अफ नेपाल (पीसीएन) का केन्द्रिय अध्यक्ष यमनाथ घिमीरे, ठकुरी क्रियशन प्रा.ली.का कार्यकारी सम्पादक भीम उचै ठकुरी लगायतका ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।
जनवरी १ लाई नेपालमा एउटा टोपी दिवस मात्र नभई राष्ट्रिय पोशाक दिवसकै रुपमा बिकास गर्दै लैजानु पर्ने उनीहरुले धारणा थियो । यसले विश्व सामु नेपालको शान र पहिचान बढाउदै लग्ने उनीहरुको विश्वास छ । नेपालमा यो छठौं टोपी दिवस हो । अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेका बेला २०७० सालदेखि नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन शुरु गरिएको थियो ।
सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएको थियो । नेपालको संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहुसांस्कृति स्वीकारी सकेको देशमा एकल संस्कृतिका कुरा गर्न नसुहाउने भन्दै अहिले यो टोपी दिवस विवादमै रहेको छ ।