बर्दियाको मधुवन नगरपालिकाले भोली पौष १५ गते तमु ल्होसारका अवसरमा सार्वजनिक विदा दिएको छ ।
मधुवन नगरपालिका नगर कार्यपालिकाको कार्यालय मातहत रहेका वडा, शिक्षण संस्था लगायत मातहतका सम्पुर्ण स्थानिय कार्यालयहरुमा यो विदा लागु हुनेछ ।
विदा दिने बारेमा गएको ८ गते बसेको नगरकार्यपालिकाको बैठकले निर्णाय गरेको हो ।