कालिकोट जिल्ला रास्कोट नगरपालिका घर हुनुभएका किशोर न्यौपानेको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । एप्लाष्टिक एनेमिया नामक रक्तरोगका कारण दुई महिना देखि उपचारार्थ न्यौपानेको आर्थिक अभावका कारण केही दिन देखि उपचार रोकिएको हो ।
बोनम्यारो फेल भएर बानेश्वरको सिभिल अस्पतालमा भर्ना हुनुभएका न्यौपानेलाई बोन म्यारो फेर्नका लागि अस्पतालमा रकम जम्मा गर्न नसक्दा उपचारमा समस्या भएको आफन्तले जनाएका छन ।
विरामी न्यौपानेका दाई खगराज न्यौपानेका अनुसार आर्थिक अभावका कारण अस्पतालमा राख्न नसकि अहिले महाराजगंजमा रहेको कोठामा राखिएको छ । उहाँको उपचार खर्च १५ लाख रुपैयाँ लाग्ने जनाईएको छ ।
पारिवारिक रुपमा पनि आर्थिक अवस्था कमजोर भएकाले विरामीका दाई खगराज न्यौपानेले सक्ने जति सबै गरेर जम्मा गर्दा अहिले सम्म ४ लाख रुपैयाँ खर्च पु¥याउन सकेको बताउँदै १२ लाख रुपैयाँ अब जम्मा हुन सके भाइलाई बचाउन सकिने बताउनुभयो ।
सहयोगको याचना गर्दै उहाँले कालिकोटको रास्कोट नगरपालिकामा रहेको आमाको नामको ग्लोवल आइएमई बैँक खाता नम्बर भ्२०७०१००००३०८ मा सक्दो रकम दिई सहयोग गरीदिन समेत आग्रह गर्नुभएको छ ।