नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाको अगुवाईमा बिहीवार २३ वटै वडाहरुमा नियमित खोप तथा कोभिड–१९ को बुस्टर डोज बारे अनुगमन गरिएको छ ।
यसैगरी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ मा शहरी स्वास्थ केन्द्रमा कार्यरत ६ जना स्वास्थ स्वयंसेविकाहरुलाई परिचालन गरिएको छ । प्रत्येक घरमा पुगेर खोप लगाए नलगाएको बारे जानकारी लिंदै नलगाएको घरमा खोप लगाउन प्रेरित गर्ने गरिएको फिल्डमा खटिएकी स्वास्थ्यकर्मी कविताले बताइन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ मा घरदैलो अभियान अन्तर्गत स्वास्थ्य स्वयंसेविका तथा वडा महिला सदस्य समेतले नियमित खोप तथा कोभिड–१९ को बुस्टर खोप बारे चेतना मूलक जानकारी गराउँदै खोप लगाउन प्रेरित गरिरहेको उपमहानगर स्वास्थ शाखाबाट अनुगमनमा खटेका राजन शाहीले जानकारी दिए ।