WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
होली पर्वलाई शान्ति पुर्वक मर्यादित र सदभाव पुर्ण रुपमा मनाउन जिल्लाबासीलाई अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले एउटा सार्वजनिक सन्देश मार्फत यस्तो अनुरोध गरेको हो ।
होली पर्व मनाउने बाहनामा कसैको इच्छा विपरित जबरजस्ती रंग, अबिर लगाउने, अन्य विभिन्न प्रकारका रंङ्गिन बस्तु दल्ने, प्लाष्टिक जन्य लोला हान्ने, फोहर छ्याप्ने तथा बाटोमा हिडने जो कोही व्यक्तिहरुलाई अनावश्यक दुःख हैरानी दिने कार्य प्रचलित कानुनको विपरित भएको जानकारी गराउदै यस्तो कार्य नगर्न अपिल गरेको छ ।
कोही कसैले कसैको इच्छा एवम् स्वीकृति वेगर उल्लेखित कार्य गरी अतिरिक्त वातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने रङ्गिन बस्तुहरु, केमिकल, प्लाष्टिकजन्य लोला आदि आयात समेत गरी कोही कसैबाट त्यस्तो कार्य भए गरेमा प्रचलित कानून बमोजिम कारवाही गरिने पनि उल्लेख गरेको छ ।