WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
दोस्रो मेयर कप नेपालगंज साईकल दौड प्रतियोगीता २०७५ आज सम्पन्न भएको छ । साइकल दौड प्रतियोगीताको सिट्टी फुुकेर नेपालगंन्ज उपमहानगरपालिकाका नगर प्रमुख डाक्टर धवलशमसेर राणाले उद्दघाटन गर्नुभएको हो ।
साधारण विधातर्फ २५ किलोमिटर र प्रोफेसनल तर्फ ५५ किलोमिटर साइकल दौड प्रतियोगिता समावेश गरिएको क्लवका सचिव गगन थापाले बताउनुभयो ।
“आठौं राष्ट्रिय खेलकुद हाम्रै प्रदेशमा, पानी र पौरख आफनै देशमा” भन्ने मुख्य नाराका साथ आयोजना गरिएको प्रतियोगीताको प्रथम स्थान बुद्धि बहादुर तामाङ्गले हासिल गर्नुभएको छ । उहाँले ५५ किलोमिटरको दुरी १ घण्टा ५७ मिनेटमा पुरा गर्नुभएको थियो ।
दोस्रो हिक्मत बिक, तेस्रो अविनाश (टेक बहादुुर बस्नेत) हुनुभएको छ । बिजयी हुन सफल सबैलाई क्रमश : ३५ हजार रुपैयाँ, ३० हजार रुपैयाँ र २५ हजार रुपैंयाँ बराबरको साइकल पुरस्कार स्वरुप प्रदान गरिएको छ ।
साधारण विधातर्फको २५ किलोमिटर दौडमा पुुरुषतर्फ जंगुु थारु प्रथम, जितेन्द्र चौहान दोस्रो र सुुमन चौधरी तेस्रो हुनुभएको छ । महिलातर्फ पार्वती सार्की प्रथम, सिता सार्की दोस्रो र टिका खड्का तेस्रो हुनुभएको छ ।
बिजयी सबैलाई क्रमश : २५ हजार रुपैयाँ, २० हजार रुपैयाँ र १५ हजार रुपैंया बराबरको साइकल र ट्रफी सहित प्रमाणपत्र प्रदान गरियो । प्रोफेसनल साइकल दौडतर्फ वीपीचोक–कोहलपुर– च्यामाचोक–सम्झनाचोक–खजुरा चोक–धम्बोजी हुँदै वीपीचोक सम्मको रुट तय गरिएको थियो ।
भने साधारण साइकल दौड प्रतियोगीतामा स्थानिय वीपीचोकबाट सुरु भई कोहलपुर पीपरी चोक बाट फिर्ता भइ पुन : वीपीचोकमै पुग्ने नियम बनाईएको थियो ।
नेपालगंञ्ज उपमहानगरपालिकाको सहयोग, नेपालगंञ्ज साइक्लिङ क्लवको आयोजना तथा नेपालगन्ज फोटो वाकरर्सको सहकार्यमा भएको प्रतियोगितामा १ सय ३१ जनाले सहभागीता जनाएका थिए ।
बिजयी भएका प्रतियोगीहरुलाई पुरस्कार वितरण गर्दै नेपालगंज उपमहानगरपालिकाका नगर प्रमुख डाक्टर धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, पाँच नम्बर प्रदेश खेलकुद विकास समितीका संयोजक भिम ओली, नेपालगंज साइक्लिङ्ग क्लवका अध्यक्ष केशर बहादुर आलेले साइकल चलाउँदा हुने फाइदा बारे चर्चा गर्नुभएको थियो ।
-सोम गुरुङ्गको सहयोगमा…