कोलकाता नाइट राइडर्स (केकेआर) ले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको आफ्नो दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) लाई नराम्रो हार चखाएको छ।
गए राति कोलकाताको इडन गार्डेन स्टेडियममा भएको खेलमा टस हारेर कोलकाताले पहिलो व्याटिङ गर्दै बैंगलोरलाई २०५ रनको चुनौती दिएको थियो। जवाफी व्याटिङमा उत्रेको बैंगलोरले १७.४ ओभरमा अल आउट हुँदै १२३ रन मात्र बनाउदा कोलकाता नाइट राइडर्स ८१ रनले विजयी बनेको हो ।
बैंगलोरका लागी फाफ डु प्लेसिसले सर्वाधिक २३ तथा विराट कोहलीले २१ रन बनाए । त्यस्तै कोलकाता नाइट राइडर्सका शार्दुल ठाकुरले २९ बलमा ६८ तथा रहमानुल्लाह गुर्वाजले ४४ बलमा ५७ रन बनाए । रिंकु सिंहले ३३ बलमा ४६ रन बनाए ।
कोलकाताले यो जितसँगै २ अंक जोडेको छ।