WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
बर्दियाको गुलरियामा आजदेखी अन्तर विद्यालय नगर स्तरिय दोस्रो राष्ट्रपति एवं प्रथम मेयरकप खेलकुद प्रतियोगिता २०७६ शुरु भएको छ ।
प्रतियोगिताको गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले उद्दघाटन गर्नुभएको हो ।

५३ वटा विद्यालयको सहभागीता रहेको यो प्रतियोगिता आगामी फागुन ३ गते सम्म संञ्चालन हुनेछ ।
भने नगरभित्र रहेका सामुदायिक सरकारी सबै (प्रावि) समेत र संस्थागत विद्यालयका गरी ३ हजार ८६ जना खेलाडिहरुको सहभागीता छ ।

‘खेलकुदको विकास र संरक्षण : हाम्रो प्रतिबद्धता, हाम्रो अभियान ’ भन्ने मुल नाराका साथ शुरु भएको प्रतियोगिताका लागी १९ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।
प्रतियोगीताका बारेमा सोमबार गुलरिया नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गरी विस्तृत जानकारी पनि गराएको थियो ।