WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
आठौ राष्ट्रिय खेलकुदका लागि निमार्ण भईरहेका विभिन्न भौतिक पूर्वाधारको बारेमा पारदर्शिता नभएको भन्दै आज सरोकारवाला निकायको ध्यानाकर्षण गराईएको छ ।
सुशासनका लागि नागरिक सञ्जाल बाँकेका तर्फबाट जिल्ला प्रशासन कार्यालय मार्फत युवा तथा खेलकुदमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाईएको हो । सञ्जालका संयोजक विश्वजित तिवारी नेतृत्वको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद आर्याललाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
खेलकुद प्रतियोगिताको तयारीका क्रममा निमार्णाधिन भौतिक पुर्बाधारको पुर्ण स्टिमेट विवरण सहितको सुचना बोर्ड राख्नु पर्ने, सबै पुर्वाधार निमार्ण गर्ने ग्यारेण्टी हुनुपर्ने, निमार्णका क्रममा गुणस्तरिय संरचना बनाउनुपर्ने, निमार्णाधिन संरचनाको बेला–बेलामा अनुगमन गरिनु पर्र्ने, खेलकुद विकासका लागि दिर्घकालिन कार्ययोजना बनाइ कार्यान्वयन गर्नु पर्ने लगायतका ८ बुँदे बिषयहरु ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले यसलाई तत्काल सम्वन्धित निकायमा पु¥याउने प्रतिबद्धता जनाउनुभएको छ ।
यस बिषयमा स्थानीय स्तरमा पनि छलफलका लागी पहल गर्ने बताउदै आफूले समन्वय र सहकार्य गरि खेलकूदलाई मध्यनजर गरि बाँके जिल्लामा सुरक्षा ब्यवस्था राम्ररी मिलाएको बताउनुभयो ।
-हेर्नुहोस ध्यानाकर्षण पत्र यस्तो छ ।