अनलाईननेपालगंज डटकम :
नेपालमा पछिल्लो समय कलाकारको कमि छैन । सबैको आफ्नै विशेषता रहेको छ । सबैको संगर्षको कथा हुन्छ । उसै पनि नेपाली कला क्षेत्र संगर्षको क्षेत्र भनेर पनि चिनिने गर्दछ । यहाँ धेरै भिडभाड छ र त्यसै भिडभाड भित्रको एक नाम हो शम्भु मोक्तान तामाङ । उनको धेरै परिचय बनिसकेको छ । उनलाई एक कुशल मोडल, निर्देशक र नायक यी सबै नामबाट सम्बोधन गर्दा कुनै फरक नपर्ला । किन भने यी सबै विधामा उनले आफ्नो कुशल क्षेमताको प्रदर्शन गरिसकेको देखिएको छ ।
पहिला कुरा सुरु गरौ उनको संगर्षको यात्रा सुरु भएको बिन्दुबाट । उनले नेपाली कला क्षेत्रमा आफ्नो प्रवेश भने एक तामाङ चलचित्रबाट गरे । उनको राम्रो लुक्सको कारण उनले एक तामाङ चलचित्रमा नायकको भूमिकामा काम गर्ने अवसर प्राप्त गरे । उनको पहिलो चलचित्र र नेपाली कला क्षेत्रमा पाईला त्यहि नै थियो । उनले उक्त चलचित्रको एक गीतबाट बेस्ट एक्टर हिमालयन अवार्ड पनि हासिल गर्न सफल भए । त्यसपछि उनको कला क्षेत्रमा यात्रा तीव्र गतिमा सुरु हुन थाल्यो । धेरै ठाउँबाट उनलाई अवसर र प्रस्तावहरु आए ।
त्यसपछि उनि नेपाली म्युजिक भिडियो क्षेत्रमा प्रवेश गरे । चलचित्र र म्युजिक भिडियो दुवै फरक पाटो पनि हो तर काम भने उस्तै नै छ । पहिले चलचित्रमा काम गरिसकेको हुनाले पनि म्युजिक भिडियोमा काम गर्न उनलाई असहज भएन । उनि अभिनित अहिले सम्म ३ वटा भन्दा बढी म्युजिक भिडियो रिलिज भईसकेको भने अरु थुप्रै रिलिजको तयारीमा रहेको छ । उनले अहिले सम्म आधुनिक, रोमान्टिक र सेन्टिमेन्टल सबै खालका म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । नायक र मोडल संग संगै उनले निर्देशनमा पनि हात हाले । उनले आफ्नो २ वटा म्युजिक भिडियोको निर्देशन समेत आफै गरे । यसबाट आफुले नया अनुभव प्राप्त गरेको उनको भनाई रहेको छ ।
रामेछाप जिल्लामा जन्मेका उनि बाल्यकाल देखि नै कला क्षेत्रमा औधि नै रुची भएको बताउछन् । रहर र लगाव दुवै हुँदा समेत आफुले उक्त आफ्नो बाल्यकालको इच्छालाई सहि समयमा नै पुरा गर्न नसकेको उनको भनाई रहेको छ । तर समय बित्दै जाँदा उनले सहि ज्ञान र अनुभव लिएर कला क्षेत्रमा प्रवेश गरेको समेत उनले प्रष्ट पारे । हाल उनि नेपालमा होइन मलेसियामा कामको शिलशिलामा रहेका छन् । विदेशको जीवन सबैलाई थाहा नै छ ब्यस्त जीवन हुन्छ तर उनले भने उक्त ब्यस्त जीवनबाट समेत आफुले सक्ने प्रयास गरेर कला क्षेत्रलाई समय दिइरहेका छन् । यो आफैमा पनि चुनौतीपूर्ण देखिन्छ । तर अभिनय आफ्नो मुख्य पाटो भएकोले नै यसलाई नै कुनै पनि हालतमा निरन्तरता दिने उनको संकल्प छ ।
मलेसियामा हुने अधिकांश महोत्सव र सांस्कृतिक कार्यक्रमहरुमा समेत उनको राम्रो उपस्थिति रहने उनले बताए । यस्तै उक्त कार्यक्रमहरुमा बेला बखत उनले आफ्नो प्रस्तुति देखाएर सबैलाई मनोरंजन समेत गराउने समेत गरेको उनले बताए । मलेसियामा उनको करिब ६ बर्ष भन्दा बढी बितिसक्यो र कला क्षेत्रमा लागेको ३ बर्ष भन्दा बढी यहि कुरालाई नियाल्दै उनि अब नेपाल नै फर्किने बताउछन् । अबको केहि समयमा नेपाल फर्केर नेपाली चलचित्रमा पनि काम गर्ने सोच रहेको र तामाङ चलचित्र निर्माणको समेत तयारी रहेको उनले बताएका छन् । तर म्युजिक भिडियो क्षेत्रमा पनि उत्तिकै आबद्ध भएर नै अगाडी बढ्ने उनको धारणा छ । उनले आफुलाई दर्शकहरुले दिएको मायाको लागि सबै देशमा तथा बिदेशमा रहनु भएका दर्शकहरुलाई धन्यवाद समेत दिएका छन् । यस्तै आगामी दिनमा समेत यस्तै साथ र हौसला दिनुहुन आग्रह समेत गरेका छन् ।
हेर्नुस भिडियो :
हेर्नुस तामाङ चलचित्र :