उपनिर्वाचन नजिकिदै गर्दा नेपाल तरुण दल कांग्रेस उम्मेदवारलाई जिताउनको लागि तिब्र गतिमा खट्न थालेको छ । देशभर नै चुनाबको माहोल हुँदै गर्दा उपत्यका भित्र पनि चुनाबी माहोल लागिरहेको छ । नेपाल तरुण दल केन्द्रिय समितिले शुक्रबार नै बैठक बसेर तरुण दल उपाध्यक्ष उत्तम चापागाईं र कोषाध्यक्ष विद्वान गुरुङको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति र अनुगमन समितिको निर्माण गरिसकेको छ ।
यहि हिसाबले नेपाल तरुण दलले देशभर नै आफ्नो कार्यकर्ता चुनाबमा खटाएको छ । उपत्यका भित्र पनि चुनाब लाग्दै गर्दा नेपाल तरुण दल सक्रिय देखिएको छ । आज भक्तपुर नगरकोटमा प्रदेश नं १ ‘क’ कांग्रेस उम्मेदवार कृष्ण लाल भडेललाई जिताउनको लागि तरुण दलले जिताउ अभियान गरेको छ । यस्तै उक्त कार्यक्रम अन्तर्गत नगर परिक्रमा गरेर र्याली कोण सभामा परिणत भएको थियो । उक्त कार्यक्रममा नेकपाका थुप्रै कार्यकर्ता कांग्रेसमा प्रवेश पनि गरेका थिए ।
कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेत, नेपाली कांग्रेस भक्तपुर सभापति दुर्लव थापा, नेपाली कांग्रेस युवा नेता तथा महासमिति सदस्य गणेश लामा लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेतले यसपटकको चुनाब कांग्रेसको पक्षमा रहेको र जनताले भरपुर भोट दिएर कांग्रेस उम्मेदवारलाई जिताउन आग्रह समेत गरेका थिए ।
यस्तै उनले यो २ वर्षको अन्तरालमा कम्युनिष्ट सरकारको गतिबिधि प्रष्ट पार्दै अब पनि जनताले कांग्रेसलाई साथ नदिए देशले ठुलो संकटको सामना गर्नुपर्ने र देश र जनताले निकै दुख पाउनुपर्ने बताएका छन् । भारत सरकारले सिमा अतिक्रमण गर्दा समेत टुलुटुलु हेरेर बसेको कम्युनिष्ट केपी ओली सरकारले देश सिध्याउन लाग्दै गर्दा अब देश बचाउने जिम्मेवारी नेपाली जनतामा आएको समेत बताएका छन् । यस्तै कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर सभापति दुर्लव थापा र नेपाली कांग्रेस युवा नेता तथा महासमिति सदस्य गणेश लामाले समेत आफ्नो भनाई राखेका थिए ।