आफ्नो सशक्त बोलि र प्रष्ट वक्ताका कारण धेरैको माझमा लोकप्रिय हुँदै गाएका नेपाली काँग्रेसका युवा नेता तथा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेतले यसपटकको निर्वाचनमा काँग्रेसको जित हुनै पर्ने र जनताले अब पनि कम्युनिष्ट माथि भरपर्ने हो भने देशले ठुलो नोक्सानी खेप्नु पर्ने बताएका छन् । तरुण दल कास्की निर्वाचन क्षेत्र नम्बर २ ले शुक्रवार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाली जनता संग अब देश बनाउनको लागि काँग्रेस बाहेक अर्को बिकल्प नरहेको समेत उनले बताएका छन् ।
यस्तै उनले पोखरेली जनताको माझमा कम्युनिष्ट सरकारको २ बर्षे कार्यकालमा गरेको देश डुबाउने कामको पर्दाफास समेत गरेका छन् । उनले निर्मला हत्या काण्ड देखि सुन काण्ड हुँदै अहिलेको ताजा घटना सिमा अतिक्रमणको कुराको वास्तविकता जनताको माझमा बताएका थिए । उनले केपी ओली राष्ट्रवादको नारा लगाउदै जनतालाई भ्रममा राख्दै देश बेच्ने काममा लागेको समेत बताएका छन् । नेपाली काँग्रेस संसदीय दलका नेता बालकृष्ण खांडको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हजारौ संख्यामा जनमानसको उपस्थिति रहेको थियो ।
यता नेपाल तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङले आफुहरुलाई नेकपा गुण्डाहरुले निर्वाचनको दिन बुथ कब्जा गर्ने योजना बनाएको सूचना आएको भन्दै यदि त्यस्तो गर्ने दुष्प्रयास गरेमा नेपाल तरुण दलले त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् । यस्तै उनले आफुहरुले शान्तिपूर्ण निर्वाचनको परिकल्पना गरेको र यसलाई बिथोल्ने काम कसैबाट भए नेपाल तरुण दललाई सहिय नहुने समेत उनले बताएका छन् । कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापा, नेता रामहरी खतिवडा, पुर्व तरुण दल अध्यक्ष उदय शमशेर राणा लगायतको उपस्थिति रहेको थियो ।
यस्तै उपननिर्वाचनको मिति नजिकिएसंगै कांग्रेसले चुनावी अभियान शसक्त बनाउदै लगेको छ । कम्युष्टि सरकाकरको अलोकप्रियता चुलिदै गएका बेला हुनलागेको उपनिर्वाचनले कांग्रेसलाई लाभ पुग्ने अनुमान छ । कांग्रेस यसैमा ढुक्क भने देखिदैन । पार्टी भित्र एकताकायम गरेर कांग्रेस चुनावी मैदानमा होमिएको छ । पार्टीका शीर्ष नेतादेखि केन्द्र,जिल्ला,क्षेत्र र गाउँ,नगरसम्मका नेताहरु चुनावी कार्यक्रममा खटिएका छन । मतदाताको राम्रो रेस्पोन्स पाएका कांग्रेसीजनहरु उत्साहित बन्दै गएका छन ।
नेकपाले आफ्नो सुरक्षित क्षेत्र दाबी गर्दै आएको कास्की क्षेत्र नम्बर २,मा कांग्रेसले चुनावी गतिविधि प्रभावकारी बनाएको छ । लोकप्रिय,त्यागी र सादगी स्थानीय नेता खेमराज पौडेलका पक्षमा जनमत पनि बढ्दै गएको छ । लामो समयदेखि पोखराबासीको सुख दुखका सारथी बन्दै आएका विकासप्रेमी नेता पौडेलका पक्षमा मतदान गर्न तटस्थ मतदाता र प्रतिपक्षी दलका समर्थले समेत अतुरता देखाएका छन ।
शुक्रवार कास्की कांग्रेसले पोखरामा सभापति शेरबहादुर देउवा सहित शीर्षनेताहरुको उपस्थितिमा विशाल र्याली निकाल्यो। सभापतिसहितका शीर्षनेताहरुको उपस्थितिले मतदाताहरुको कांग्रेसप्रति झनै आर्कषण बढायो । पार्टीका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला, डा रामशरण महत, डा मीनेन्द्र रिजाल, धनराज गुरुङलगायत नेता सहभागी र्याली चिप्लेढुङ्गाबाट न्यूरोड, सभागृह हुँदै पृथ्वीचोक पुगी सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै कांग्रेस नेताहरुले वर्तमान सरकारका संविधान विरोधी, अलोकतान्त्रिक प्रवृत्तिलाई सच्याउनका लागि उपनिर्वाचनमा काँग्रेसले जित्नुपर्ने धारणा राखे । काँग्रेसले कास्की क्षेत्र नं २ मा छ दशक योगदान गरेका त्यागी निष्ठावान् नेता खेमराज पौडेललाई उम्मेदवारका रुपमा अघि सारेको उल्लेख गर्दै त्याग र निष्ठाको राजनीतिका पक्षमा मतदान गर्न गरे । काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलले आफू सधैँ जनताका पक्षमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे ।
नेकपाप्रतिको वितृष्णा र कास्कीको राजनीतिमा प्रत्यक्ष नजोडिएकी उम्मेदवार विद्या भट्टराई चुनावी मैदानमै ओझेलमा परेकी छन् । विद्यालाई टिकट दिएपाछि पूर्व माओवादी र पूर्व एमालेका नेताहरु समेत सन्तुष्ट छैनन । दिवंगत श्रीमान रवीन्द्र अधिकारीको सहानुभूति मत लिने बहेका उनको कास्कीमा मत लिने कुनै भरपर्दो आधार छैन ।