-भीम उचै ठकुरी
बर्दियाको बारबर्दिया नगरपालिका स्थित अंशुबर्मा मा.बि. जयनगरमा आज साहित्यक स्रष्टाहरुको जमघम रह्यो । जहाँ ५ नम्बर प्रदेश वाङमय प्रतिष्ठान नेपाल जिल्ला समिति बर्दियाले बहुभाषिक काब्य गोष्ठी तथा बिशेष रचना वाचन कार्यक्रम आयोजना गरेको थियो ।
‘अग्रजहरुको सम्मान, नवसर्जकहरुको पहिचान, सिर्जनात्मक कर्मबाट समाज रुपान्तरणको अभियान’ भन्ने मुख्य नाराका साथ आयोजित कार्यक्रममा प्रदेश नम्बर ५ का सांसद एवं ‘अपुरो सपना’ पुस्तकका लेखक तिलक शर्मा (हिमाल), कवि प्रदिप भट्टराई, नविन अभिलासी, गजलकार गोल्डेन उदभाष, महेन्द्र चन्द (महासागर), कमल संघर्ष, दुर्गा जोसी, मुक्तककार पर्वत शर्मा (ढकाल), लेखक तथा थारु भाषाका स्रष्ठा शुसिल चौधरी लगायतको उपस्थिती रहेको थियो ।
नेपाल भम्रण बर्ष २०२० लाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा सांसद एवं लेखक तिलक शर्मा (हिमाल) को सत्य घटनामा आधारित पुस्तक ‘अपुरो सपना’ का बारेमा पनि परिचर्चा गरिएको छ ।
परिचर्चा गर्ने क्रममा लुम्बिनी वाङ्गंमय प्रतिष्ठान नेपालका केन्द्रिय महासचिव महानन्द ढकालले तिलक शर्मा हिमालले समाजमा जनताको सेवा गर्नको लागी ठुलो त्याग गरेको बताउनुभयो ।
लेखक हिमालले समाज परिवर्तन गर्न जनतालाई सुखी समृद्ध बनाउन आफनै आमालाई अन्तिम पटक पनि भेटन नपाई देश र जनताको लागी सर्मर्पित भएको कुरा पुस्तकमा समेटिएको भन्दै आभार पनि प्रकट गर्नुभयो ।
बारबर्दिया नगरपालिकाको सहयोग, द भ्वाईस एकेडेमी इ.मि. स्कूल जयनगर, एनआइसी एसिया बैंक सँगको सहकार्यमा आयोजित बहुभाषिक काब्य गोष्ठी तथा बिशेष रचना वाचन कार्यक्रममा नेपाल कम्युनिष्ट पाटी (नेकपा) का केन्द्रिय सदस्य लक्ष्मण ज्ञवाली, बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा बहादुर थारु (कविर) लगायत विभिन्न विधाका साहित्यक स्रष्टा, विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहभागी अतिथिहरुले समाज रुपान्तरणमा कवि, गजलकार, मुक्तककार, लेखक लगायतका साहित्यक स्रष्टाहरुले समाज रुपान्तरणका लागी सकारात्मक भुमिका निर्वाह गर्नुपर्नेमा जोड् दिएका छन ।