काठमाडाैं ।
तेह्रथुमको फेदाप गाउँपालिका–५, इसिवुका ५९ वर्षे वृखबहादुर तामाङले आफ्नो जीवनको १७ वर्ष नेपाली सेनामा बिताउनुभयो तर बल र वैँस दुबै रहेको ऊर्जाशील उमेर सेनामा बिताएर सेवा निवृत्त हुँदा पनि तामाङमा अझै जोस् घटेको छैन ।
आर्थिक अवस्था कमजोर हुँदा सेनामा भर्ती भएर दुई चार रुपैयाँ कमाए पनि त्यसबखत घरधान्न मुस्किल भएकाले निवृत्त हुनासाथ उहाँले अलैँचीखेती थाल्नुभएको हो ।
अहिले त्यही अलैँची खेतीबाटै तामाङले हाल ६० रोपनी जमिनमा अलैँची विस्तार गरिरहनुभएको छ । रोगका कीराको संक्रमणले बगान मासिए पनि यो वर्ष तामाङले सात मन अलैँची फलाउनुभयो । गतवर्ष ११ मन अलैँची फलाएको उहाँले बताउनुभयो ।
‘जागिर आफ्ना लागि त पर्याप्त नै थियो तर परिवारका लागि त्यसले मात्रै पुगेको थिएन, उहाँले भन्नुभयो “त्यसैले सेवावाट अवकास भएपछि परम्परागत खेतीपाती र त्यसमा पनि अलैँची खेतीलाई जोड दिएँ, अहिले ठिकै छ ।”
तामाङले अहिले अलैँची खेतीबाटै गाउँमा दुई खला खेत, तराईमा केही जग्गा र म्याङलुङ बसपार्कमा तीन तले घर बनाउनुभएको छ । बुढ््यौली उमेरले छोए पनि अलैँची बगान स्याहार्ने, गोडमेल र बजारसम्म पु¥याउने काम तामाङ आफैँ गर्नुहुन्छ । आफूले जागिर खाएर दुःखले घर चलाए पनि आर्थिक प्रगति जागिरबाट नहुने उहाँको तर्क थियो ।
आफ्नो जमिन अलैँची खेतीका लागि उपयुक्त भएकाले सबै जमिनमा अलैँची लगाएको तामाङले बताउनुभयो ।
“विदेशिने सबैले आर्थिक प्रगति नगर्ने त होइनन् तर आर्थिक प्रगति गर्नेले पनि धेरै मेहिनत गरेका हुन्छन्, त्यही मेहिनेत स्वदेशी भूमि गर्नसके स्वदेशमै मनग्ये कमाउन सकिन्छ तर युवालाई अलैँची खेतीमा प्रोस्साहन गर्न अनुदान र बिनाधितो ऋणको व्यवस्था हुनु जरुरी रहेको उहाँले जोड दिनुभयो ।
तामाङसँगै गाउँका अन्य २९ घरधुरीले गाउँमै बिरुवा उत्पादन गरेर खेती लगाउने गरेका छन् । विसं ०३२ मा कक्षा–८ पढेपछि सेनामा भर्ती हुनुभएका उहाँले विद्यालय उमेरदेखि नै निकै संघर्ष गरेको बताउनुभयो ।