नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले आफ्नो पक्षको सम्मानजनक सहभागिता नभए सरकारमा नजाने बताएको छ ।
सत्ता साझेदार दलको बैठकबाट कांग्रेसलाई ८ वटा मन्त्रालय मिलेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शेखर समूहलाई २ मन्त्री मात्र दिने भएपछि शेखर समूहले यो प्रस्ताव स्वीकार्य नहुने बताएको हो ।
आज बिहान बसेको शेखर कोइराला समूहका नेता र पदाधिकारीहरुको बैठकले आफ्नो पक्षको सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीहरुको नाम नदिने निर्णय गरेको महामन्त्री गगन थापाले बताए ।
हाम्रो समूहले यस बारेमा सभापति देउवासहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत खबर गरिसकेको सहमहामन्त्री जीवन परियारले बताए ।
कांग्रेसले पाएका ८ मन्त्रालयमा शेखर समूहबाट उपसभापति धनराज गुरूङ र डिगबहादुर लिम्बुको मात्र मन्त्री हुनेमा नाम सिफारिस भएपनि कम्तीमा ३ मन्त्रालय आफूहरूले पाउनुपर्ने अडानमा कोइराला पक्ष छ । नत्र मन्त्रीका लागि नाम नपठाउने शेखर समूहले बताएको छ ।