आज सरकारका न्यूनतम साझा कार्यक्रम तयार पारेर सार्वजनिक गर्दैछ ।
सरकारले आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर गठबन्धन सरकारले न्युनतम साझा कार्यक्रम तयार पारेको छ । सो कार्यक्रमलाई आज साँझ ५ बजे सार्वजनिक गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय रमेश मल्लले जानकारी दिए ।
न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउन काम गरिरहेका नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले न्यूनतम साझा कार्यक्रम तयार पार्ने काम सकिएको र प्रधानमन्त्री पुष्पकमल दाहाललाई कार्यदलले बुझाइसकेको बताए ।
गठबन्धन सरकार बनेका बेला विभिन्न विषयमा सामूहिक धारणासहित अघि बढ्दै काम गर्न सरकारका न्यूनतम साझा कार्यक्रम बनाउने गरिएका छन् ।
यसअघि गत पुस १० मा बनेको तत्कालीन गठबन्धनले पनि न्यूनतम साझा कार्यक्रम ल्याएको थियो । त्यसअघि चुनाव गराएको सरकारले पनि सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएको थियो । सरकारले आज साँझ ५ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।