सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री शाहले पदभार ग्रहण गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो पहिलो प्रतिबद्धता रहेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार गठन गर्नका लागि सबै दलहरूसँग छलफल र सहकार्य गर्ने पनि मुख्यमन्त्री शाहले बताएका छन् । उनले आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।
लामो समय विद्यार्थी राजनीति गरेर आएकाले जनताले महसुस गर्ने गरी काम गर्ने पनि मुख्यमन्त्री शाहले प्रतिबद्धता जनाएका छन् । मुख्यमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरु प्रकाश देउवा र नरेश शाहीले पनि पदभार ग्रहण गरेका छन् ।