काष्ठमण्डप एयरको जहाज दुर्घटनामा घाइेत भएका यात्रुलाई हेलिकोप्टरमा नेपालगञ्ज ल्याइने भएको छ।
अहिले घटनास्थल कालिकोटको चिलखायामा श्री एयरको हेलिकोप्टर पुगिसकको र घाइतेलाई हेलिकोप्टरमा राख्ने काम भइरहेका कालिकोटका प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।
दुर्घटनामा घाइते भएका ९ जना यात्रुलाई नेपालगञ्ज ल्याउन लागिएको हो।
जहाजका चालक र सहचालकको दुर्घटनामा परी निधन भएको छ।

विमान दुर्घटनामा पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष रानाको मृत्यु भएको छ