नेपालको संविधान २०७२ को घोषणा हुने दिन बैद्य नेतृत्वको माओवादीले गरेको बन्दका कारण मुगु सदरमुकाम गमगढिको जनजीवन प्रभावित भएको छ । सदरमुकाममा आज बिहानैबाट पसलहरु पनि बन्द भएका छन्
यसैबीच दिउँसो बिभिन्न राजनीतिक दल, कार्यकर्तालगायत बिभिन्न भातृसंगठनहरुले संविधानको स्वागतका लागि विभिन्न कार्यक्रमहरु गर्ने पनि बताएका छन् । संविधान जनताको हित बिपरित ल्याउन लागिएको हुँदा बन्द गरिएको बैद्य माओवादीका जिल्ला सेक्रेटरी एवम् केन्द्रिय सदस्य मगंंल बहादुर शाहीले बताउनुभएको छ ।