- जनजीवन अस्तव्यस्त बन्दै,
- पक्राउ परेका १३ जना रिहा,
- दलको प्रदर्शन १० बजे सबै पार्टी कार्यालयबाट,
- कार्यक्रम विथोल्न खोज्ने लेखेटिए
सुर्खेत, २८ साउन ।
अखण्ड मध्यपश्चिम र त्यसको राजधानी सुर्खेत हुनुपर्ने माग राख्दै चर्किदै गएको आन्दोलनमा प्रमुख ३ राजनीतिक दलहरु पहिलो पटक सडकमा निस्केका छन् । नागरिक समाज संघर्ष समितिले उठान गरेको अखण्ड मध्यपश्चिम आन्दोलनले आइतबारदेखी अभिभावक विहीन बनेको थियो ।
गत शुक्रबार १५ जनाबाट शुरु भएको आन्दोलनले शनिबारदेखी उग्ररुप लिएको थियो । तर आईतबार एकाएक हजारौं नागरिक सडक आन्दोलनमा उत्रेपछि तोडफोड र आगजनी भयो । उठान गरेको समितिले सोमबारको आन्दोलनलाई नेतृत्व लिन सकेन् ।
साथै प्रदर्शनकारीले जिल्लाका सरकारी कार्यालय र पार्टी कार्यालयमा आगजानी गरेपछि जिल्लाका राजनीतिक दलहरु समेत सडकमा आउन सकेनन् । समितिले आन्दोलन उठान गरेरपनि प्रदर्शनकारीले जिल्ला प्रशासन, मुख्य राजनीतिक दलका पार्टी कार्यालयका साथै सभासद हृदयराम थानी र पूर्णबहादुर खड्काको घरमा तोडफोड गर्दा अनियन्त्रित बनेको थियो ।
बुधबारदेखी आन्दोलनको अगुवाई यहाँका दलले गर्ने बताएपनि कफ्र्युका कारण बिहीबार विहान शान्ति¥याली निकालिएको थियो काँग्रेस, एमाले, एकीकृत माओवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरुले विहान वीरेन्द्रनगरमा बिहीबार विहान र दिउँसो शान्ति¥याली निकालेका हुन् ।
काँग्रेस, एमाले र एकीकृत माओवादीले संयुक्त रुपमा र अन्य दलहरुले छुट्टछुट्टै ¥याली निकालेका थिए । ¥यालीपछि भएको सभामा दलका नेताहरुले मध्यपश्चिमलाई सातौं प्रदेश र त्यसको राजधानी सुर्खेतलाई घोषणा नगर्दासम्म शान्तिपूर्ण आन्दोलन उद्घोष गरेका छन् ।
यसअघिका आन्दोलन हिंसात्मक भएको उल्लेख गर्दै दलहरुले अब पार्टीको झण्डामुनी हुने आन्दोलनमा सहभागी हुन नेता कार्यकर्ता लगायतलाई निर्देशन दिएका छन् । पार्टीको कार्यक्रममा बाहेक अन्य अन्दोलनमा सहभागी हुने कार्यकर्ताको जिम्मा नलिने चेतावनी दिएका छन् । अखण्ड मध्यपश्चिम आन्दोलनका क्रममा गोली हान्ने डिआईजी केशव अधिकारीलाई कारवाही गर्नुपर्ने, प्रान्तिय राजधानी सुर्खेतलाई कायम गर्नुपर्ने, आन्दोलनका क्रममा मृत्यु भएका ३ जनालाई शहिद घोषणा गर्नुपर्ने, परिवारलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने, घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचार गर्नुपर्ने र घटनाको निस्पक्ष छानविन गरी दोषिमाथी कारवाही गर्नुपर्ने माग दलहरुले अघि सारेका छन् ।
विहबार विहान ९ बजे सम्पूर्ण राजनीतिक दलको पार्टी कार्यालयबाट विरोध ¥याली निकालेका थिए । ¥यालीमा हजारौंको संख्यामा मध्यपश्चिमबासीको सहभागिता रहेको थियो । ¥याली घण्टाघर–बुद्धपथ–नेता चौंक, वीरेन्द्रचोक–मंगलगढीमा पुगेर कोण सभामा परिणत भएको थियो ।
¥यालीमा नेकपा (एमाले) पोलिटव्यूरो सदस्य यामलाल कँडेल, नेपाली काँग्रेसका कार्यवाहक सभापति उपेन्द्र थापा, एमाले जिल्ला कमिटी अध्यक्ष धु्रवकुमार शाही, एमाओवादी जिल्ला अध्यक्ष नरबहादुर विष्ट लगायतको सहभागीता रहेको थियो ।
कुनै अप्रिय घटना नहोस भनेर सडक तथा चोक–चोकमा सयौंको संख्यामा प्रहरी परिचालन गरिएको थियो । सुर्खेतको आन्दोलनमा नेपालगंजबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिव ५ सय थप सुरक्षाकर्मी सुर्खेत ल्याइएको प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिए ।
सोमबारदेखि अनिश्चितकालिन आमहडताल जारी रहँदा सुर्खेतको जनजीवन अस्तव्यस्त हुदँै गएको छ । यसैवीच प्रहरीले आन्दोलनका क्रममा पक्राउ गरेका १३ जनालाई विहीबार रिहा गरेको छ । रिहा हुनेमा गोरखबहादुर शाही, पूर्णबहादुर बुढाथोकी, विष्णु चपाई, नरेन्द्रबहादुर चन्द, भरतबहादुर शाही, डिल्ली बटला, करविर विक, जगत थापा, सन्तोष विक छन् । त्यस्तै, कृपाराम थारु, टिकाराम कंडेल, चन्द्रबहादुर थापा र मनराज शाही रहेको छन ।
उनीहरुलाई पत्रकार महासंघ शाखा सुर्खेतका उपाध्यक्ष दिपक बुढा, पत्रकार प्रकाश पन्त, अधिकारकर्मी टीकाराम आचार्य, एमालेका कविन्द्र केसी, एकीकृत माओवादीका पञ्चा सिं, मानव अधिकार एलायन्सका अध्यक्ष लोकेन्द्र रोकाय र इन्सेकका टिका विष्टको रोहबरमा उनीहरुलाई छोडिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
यसैवीच विहिबार साँझ प्रमुख राजनीतिक दलको विरोध ¥याली विथोल्ने युवाहरुलाई दलका कार्यकर्ताले लखटेका छन् । नेपाल मजदुर किसान पार्टीको कार्यक्रममा बिथोल्दै पार्टीका झण्डा च्यातेर काँग्रेस—एमाओवादीको कार्यक्रम बिथोल्न पुगेका युवाहरुलाई लखेटेका हुन । झण्डा च्यात्न खोज्ने र दलका कार्यकर्ताहरुवीच झडप हुँदा वीरेन्द्रनगर—६ का चन्द्र कार्कीलाई टाउकोमा चोट लागेको छ । प्रमुख राजनीतिक दलहरुले शुक्रबारको आन्दोलन विहान १०ः०० बजे आ—आफ्नो पार्टी कार्यालयबाट निकाल्ने र सबैको साझा ¥याली बनाएर बजारपरिक्रमा गर्ने जनाइएको छ ।
सरकारी कार्यालयमा निषेधाज्ञा जारी
सुर्खेत, २८ साउन ।
सरकारी कार्यालयमा लगाइएको अनिश्चितकालिन निषेधाज्ञा जारी रहेको छ । अखण्ड मध्यपश्चिम माग गर्दै गरिएको आन्दोलन थप जटिल बनेपछि सरकारी कार्यालय आसपासको क्षेत्रलाई निषेधाज्ञा जारी गरिएको छ ।
सोमबार भएको प्रदर्शनपछि सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय र सभासदहरुको घरमा तोडफोड भएपछि पश्चिममा कटकुवा—घण्टारघरपार्क—जिविस—नगरपालिका—धमला चोक भन्दा माथिल्लो भागलाई निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्ला सुरक्षा परिषद्बाट निर्णय गरी अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञा क्षेत्रमा हिडडुल गर्न, हुलहुज्जत गर्न, नाराजुलुस गर्न निषेध गरिएको छ । निषेधाज्ञा क्षेत्रभित्र कुनै व्यक्ति जाने प्रयास गरेमा सुरक्षाकर्मीले गोली हान्न सक्ने प्राव्धान हुने प्रहरी उपरिक्षक राजेशलाल कर्णले जानकारी दिए । निषेधाज्ञा क्षेत्रमा सुरक्षाकर्मीको अनुमति विना कसैलाई प्रवेश नगर्न उनले सबैलाई आग्रह गरे । अवस्था सामान्य बन्दै गएमा जिल्ला सुरक्षा समितिले निषेधाज्ञा क्षेत्र हटाउने एसपी कर्णले जानकारी दिए ।
आन्दोलनको अवस्था असमान्य बन्दै गएपछि सोमबार दिउँसो १ः३० बजेदेखि साँझ ६ बजेसम्म, मंगलबार साँझ ६ बजेदेखि ९ बजेसम्म र बुधबार दिउँसो ११ बजेदेखि साँझ ६ बजेसम्म स्थानीय प्रशासनले कफ्र्यु जारी गरेको थियो ।
सरकारी अस्पतालमा निःशुल्क उपचार
सुर्खेत, २८ साउन ।
अखण्ड मध्यपश्चिम आन्दोलनका क्रममा घाइते भएकाहरुलाई क्षेत्रीय अस्पतालबाट निःशुल्क उपचार गर्न आग्रह गरिएको छ । विरोध प्रदर्शनका क्रममा भएको गोली प्रहार, ढुङ्गा, मुठाका क्रममा घाइते भएकाहरुलाई सरकारी अस्पतालबाटै उपचार गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले घाइतेहरुले स्वास्थ्य उपचार सहयोग पाउँदा सरकारी अस्पतालमै उपचार गरेको हुनुपर्ने प्राव्धान भएकाले घाइतेहरुलाई ढुक्कसंग क्षेत्रीय अस्पतालबाट उपचार गर्न आग्रह गरे ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले आन्दोलनका घाइतेहरुलाई निःशुल्क उपचारका लागि क्षेत्रीय अस्पताललाई निर्देशन दिएको छ । क्षेत्रीय अस्पतालमा जाँदा प्रहरी पक्राउ गर्ने डरत्रास रहेको सूचना आएको हुँदा निर्धक्कसंग आफ्नो उपचार गर्न प्रजिअ गौतमले बताए । प्रदर्शनका क्रममा घाइतेभएका धेरैले देउती अस्पताल प्रालि, गुरुङ मेडिकल, तृप्ती मेडिकलमा उपचार गराईरहेका छन् ।
क्षेत्रीय अस्पतालबाट उपचार गराउँदा घाइतेहरुको वास्तविक तथ्याङ्क आउनेछ । घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारका लागि आवश्यक रकम उपलब्ध गराइदिन गृहमन्त्रालयलाई पत्र पठाइएको प्रजिअ गौतमले जानकारी दिए ।
आन्दोलनका घटनाको छानविन हुन्छ ः अन्सारी
सुर्खेत, २८ साउन ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले आन्दोलनमा भएका घटनाहरुको छानविन हुने बताएकी छन् । यहाँका नागरिकहरुले सिमांकनको विषयमा गरेको आन्दोलन भावनात्मक भएको उनले बताईन । अखण्ड मध्यपश्चिको माग राख्दै भईरहेको आन्दोलनबाट मृत्यु र घाइतेहरुको अवस्था बुझ्न सुर्खेत आएकी अन्सारीले यसो बताएकी हुन् ।
उनले आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरुका आफन्तलाई क्षतिपुर्तिका लागि पहल थालिएको बताइन् । मृतकका लाश अहिलेसम्म आफ्न्तहरुले बुझ्न नमानेको प्रशासनले बताएको भन्दै उनले भनिन् –‘परम्पराअनुसार दाहसंस्कार हुन् पाउनु मृत शरीरको पनि अधिकार हो । त्यसैले छिटो लाश उठाएर दहासंस्कार गर्ने वातावरण श्रृजना गर्नुपर्छ ।
यसका लागि स्थानीय प्रशासनले मृतका आफ्न्तको मागप्रति गम्भिर हुनपर्नेु देखिन्छ ।’ जनताले शान्तिपुर्ण आन्दोलन गर्ने संवैधानिक अधिकार भएको भन्दै अन्सारीले शान्तिपुर्ण तरिकाले आन्दोलन गरे लक्ष्यमा पुगिने बताईन् ।
सुर्खेती जनताहरुले राखेको अखण्ड मध्यपश्चिमको माग जायज भएको उनको भनाई थियो । नागरिकहरुले संमेमित भएर आन्दोलन गरे मागको सम्बोधन हुने उनले बताइन् । आन्दोलनका क्रममा प्रहरीले नियन्त्रणमा लिएका सर्वसाधारण जनतालाई कहाँ, कसरी र कस्तो अवस्थामा राखेको छ, भन्नेबारे प्रशासन र प्रहरीले ठोस कुरा गर्न नचाहेको उनले बताइन् ।
आन्दोलनकारी भन्दापनि अन्य सर्वसाधारणलाई नियन्त्रणमा लिएको र प्रहरीले सम्वन्धित परिवारलाई जानकारी नगरेको सहभागिहरुको भनाई रहेको थियो । आन्दोलनका क्रममा भएका घटनालाई राज्यले जिम्मा लिनुपर्ने पुनरावेदन वार एसोसिएसन सुर्खेतका विवशकुमार वस्नेतले वताए ।
उनले अखण्ड मध्यपश्चिको माग राख्दै आन्दोलनमा संघलग्न व्यक्तिहरुमध्ये घाइतेको उपचार र क्षतिपूर्ति साथै मृतकलाई शहिद घोषणा गर्नुपर्ने वताए । मानव अधिकारकर्मीहरु सँगको अन्तरक्रियामा पत्रकार महासंघका पूर्व अध्यक्ष श्रीधर पौडेलले प्रहरीले संयमता गुमाउँदा प्रदर्शनकारीको ज्यान गएको बताए ।
उनले प्रदर्शन नियन्त्रणका अन्य उपायको प्रयोग नगरी सिधै गोली हान्ने प्रहरी र आदेश दिने प्रशासन नै २५ गतेको घटना मुख्य दोषी भएको बताएका थिए । सुर्खेमा भइरहेको आन्दोलनको समाधान राजनैतिक तहबाट मात्र सम्भव भएकाले यसका लागि जनप्रतिनिधीहरुले आन्दोलन व्यवस्थीत र मर्यादित बनाउन लाग्नुपर्ने कार्यक्रमका सहभागिहरुको भनाई थियो ।