विश्व ठकुरी समुदायको साझा थलो ठकुरी सहयोग संजालको कार्यवाहक अध्यक्षको जिम्मेवारी सिराह मुक्सरका अजय मल्ल ठकुरीले पाएका छन । अध्यक्ष रेशम जङ्ग शाह पारिवारिक भेटघाट र ब्यक्तिगत कामको शिलशिलामा गत आइतबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्नु अघि सस्थाका सदस्यहरूको सामुहिक निर्णय गराउदै मल्ललाई कार्यवाहक सुम्पेका थिए ।
कार्यवाहक मल्ल गत वर्ष प्रदर्शनमा आएको चलचित्र जोनी जेन्टल मेन का कार्यकारी निर्मता तथा संचार तथा शैक्षिक अभियान्ता समेत हुन । अध्यक्ष शाहको जिम्मेवारी समाले सगै उनले अध्यक्षको आनुपस्थितीमा विश्व ठकुरी समुदायलाई निराश नपारी संजाल मर्फत समुदायको निम्ति अझ अनुकरणीय कार्य गर्ने बताएका छन । जस अन्तरगत पहिलो बैठकबाट नै हरेक महिना १ योजना सहित १२ महिने कार्ययोजना र ती कार्यक्रमको लागि संयोजक समेत तोकिएको छ ।
स्मरण रहोस अध्यक्ष शाह पनि चलचित्रकर्मी नै हुन भने कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि चलचित्रकर्मीले नै पाएका छन ।