WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
भारतमा भएको एघाराँै संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर राष्ट्रिय क्रिकेट टोलीका सदस्य लेगस्पीनर सन्दीप लामिछाने आज स्वदेश फर्किएका छन् ।
आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका १७ वर्षीय लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, म्यानेजर रमन शिवाकोटीलगायतले स्वागत गरे ।
लामिछानेले आइपिएलबाट आफूले धेरै कुरा सिकेको भन्दै त्यो कुरालाई नेपाली क्रिकेटमा लागू गर्ने बताउनुभयो ।
उहाँले आइपिएलमा नेपाललाई चिनाउने मौका पाएको भन्दै बलिङमा थप सुधार भएकोे धारणा व्यक्त गर्नुभयो ।
लामिछानेले अन्तिम तीन खेल खेल्ने मौका पाउनुभएको थियो । उहाँले खेल्नुभएको खेलेको तीन खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै कूल ५ विकेट झारेका थिए ।
उहाँलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।