WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
काठमाडाैं ।
अमेरिकी डलरकाे भाउ बढेर एक वर्षयताकै उच्च विन्दूमा पुगेकाे छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको विनिमयदर १०७.२८ रुपैयाँ तोकेको छ। केन्द्रीय बैंकले एक डलर खरिद गर्न १०६.६८ रुपैयाँ र बिक्री दर १०७.२८ रुपैयाँ तोकेको हो।
पछिल्लो समय डलरसँग भारतीय रुपैयाँ (भारू) अवमूल्यन हुँदा त्यसको सीधा असर नेपालमा परेको बताइन्छ । भारतकाे व्यापारिक केन्द्र मानिने मुम्बई मनी मार्केटका लगानीकर्तामा डलर मोह देखिँदा भारु अवमूल्यन भइरहेको छ भने साेकाे मार नेपाल परेर नेपाली मुद्रा बजारमा डलर महंगाे भएकाे छ ।
पेट्रोलियम पदार्थ तथा सुनको अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावले पनि डलरको भाउ उचालिएकाे हाे । यसका साथै अमेरिकी सेयर बजारप्रति बढ्दो आकर्षणका कारण नेपाली बजारमा मात्रै नभर्इ अन्तर्राष्ट्रय रूपमै डलरकाे भाउ बढेकाे बताइन्छ ।
हुन त नेपाली बजारमा डलर यति उच्च विन्दूमा पुगेकाे याे पहिलाे घटना हाेइन । एक समय अमेरिकी डलर १०९ रुपैयाँसम्म पुगेर २०७३ को चैतमा १०३.४६ रुपैयाँमा झरेकाे थियाे ।
आयातमुखी अर्थतन्त्र भएको नेपालमा डलरको मूल्यवृद्धि हुँदा नेपाली उपभोक्ताले आयातित वस्तु एवं सेवामा मूल्य वृद्धि सामना गर्नुपर्ने हुन्छ। तेस्रो मुलुकबाट हुने आयातमा अझ छिटो यसको असर पर्नेछ। डलर महँगो हुँदा सरकारमा वित्तीय दायित्व समेत बढ्ने अर्थविद्हरू बताउँछन् ।