-भीम उचै ठकुरी, गुलरिया
भुमिसुधार तथा मालपोत कार्यालय गुलरिया बर्दियाले अब नयाँ शिराबाट सेवा उपलब्ध गराउने भएको छ । जसलाई उसले स्मार्ट सेवा पनि भनेको छ । यस्तो खालको सेवा आउने माघको पहिलो साता देखी शुरुवात गरिने प्रमुख मालपोत अधिकृत भीम बहादुर खत्री (केसी) ले जानकारी दिनुभयो ।
अभिलेखको सुरक्षा, बिचौलिया प्रवेश निषेध, सरल, छिटो र एकिकृत फाँट मार्फत सेवा प्रवाह गर्ने लगायतका विभिन्न उद्देश्य राखी यो कामको थालनी गर्न लागीएको उहाँको भनाई छ ।
कार्यालयको तल्लो तलामा राखीएको मोठ ¥याकमा राखिएका फाइललाई सम्बन्धित कर्मचारी आफैले लिई सेवा दिनेछन । यसरी सेवाग्राही अब तलमाथी गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन ।
जग्गा रजिष्ट्रेसन, राजस्व लगायतका सेवा लिन सेवाग्राहीले पेश गरेका फाइल राख्न अलग–अलग मोठ ¥याक हुन्छन । काम भए नभएको भन्ने बारेमा सेवाग्राही सूचना केन्द्र तथा प्रतिक्षा केन्द्रबाट पारदर्शिता पूर्वक जानकारी प्रवाह गरिनेछ ।
भुमिसुधार तथा मालपोत कार्यालयमा पैसा (घुस) दिए मात्र काम हुन्छ, भन्ने जनमासको सोचलाई चिर्न यो सेवाले सहयोग गर्ने अपेक्षा गरिएको छ ।