प्रभु बैंक गुलरिया शाखाले गुलरिया नगरपालिकाका विपन्नहरुलाई खाद्यान्न सहयोग गरेको छ।
कोरोना संक्रमणका कारण सरकारले जारी गरेको लकडाउनका कारण आर्थिक उपार्जन गर्न नसकेका बिपन्नहरुलाई खाद्यान्न अभाव हुन् नदिन सो सहयोग गरिएको हो । प्रभु बैंक गुलरिया शाखाले गुलरिया नगरपालिकालाई ११ क्विन्टल चामल हस्तान्तरण गरेको छ।
शाखाका प्रबंधक संरक्षण शर्मा, सहायक प्रबन्धक प्रमोद पोखरेलले गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवलाई सो सहयोग हस्तान्तरण गरेका छन् । प्रभु बैंक गुलरिया शाखाले सहयोग गरेकोमा नगर प्रमुख मुक्तिनाथ यादवले धन्यवाद दिएका छन् ।
यस अघि पनि प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गुलरिया नगरपालिका खेलकुद प्रतियोगिताको लागि सहयोग गरेको थियो। प्रहरी दिवसमा पनि प्रभु बैंकले सहयोग गरेको थियो।
बर्दियाको गुलरिया शाखा मार्फत कारोबार सञ्चालन गर्दै आएको प्रभु बैंकले राजापुरमा पनि निकट भविष्य मा शाखा सञ्चालनमा ल्याउने तयारी गरेको छ।