भीम उचै ठकुरी ।
बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९ अन्र्तगत पर्ने स्थानिय मथुरा गाउँबाट भारी मात्रामा अबैध सालको काठ फेला परेको छ ।
प्रहरीले परालमा लुकाई राखेको अवस्थामा सुराखीका आधारमा छापा मारी स्थानिय स–मिलबाट अबैध सालको काठ फेला पारेको हो । जसमा ७ गोलिया साल र सगुन सहित अन्य १२ वटा हरियो काठका गोलिया रहेको उल्लेख छ ।
अहिले डिभिजन वन कार्यालयको टोली पुगेर के कति भन्ने बारेमा विवरणहरु तयार गरिरहेको जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाका प्रमुख प्रहरी उपरिक्षक (एसपी) राजेशनाथ वास्तोलाले बताउनुभयो ।
उहाँका अनुसार स्थानिय स–मिल संञ्चालकलाई प्रहरीले आफनो नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । यस बिषयमा अन्य विस्तृत विवरण आउन बाँकी नै छ ।