WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ६ स्थान माथि उक्लिएको छ।
फिफाले बिहिबार जारी गरेको वरियता सूचीमा नेपाल १७०औं स्थानमा पुगेको हो। अघिल्लो महिना नेपाल १ सय ७६ स्थानमा थियो। वरियतामा नेपाललाई सार्क क्षेत्रका माल्दिभ्स र भारतले पछि पारेका छन्। सार्क क्षेत्रको शीर्ष स्थानमा रहेको भारत वरियतामा १०५औं स्थानमा छ।
यो महिना नेपालले घरेलु मैदानमा फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको थियो।
सार्कको दोस्रो स्थानमा रहेको माल्दिभ्स १५७औं स्थानमा छ। माल्दिभ्स १ स्थान तल झरेको हो।नेपालभन्दा तल रहेको भुटान १८५औं स्थानमा छ। भुटान ५ स्थान माथि उक्लिएको छ। बंगलादेश १९२औं, श्रीलंका २००औं र पाकिस्तान २०१औं स्थानमा छन्। पाकिस्तान सार्कको मात्र नभएर एसियाकै पुछारमा छ। श्रीलंका एसियाको पुछारबाट दोस्रो स्थानमा छ।
विश्व वरियताको शीर्ष स्थानमा जर्मनी छ भने ब्राजिल दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छ। क्रमश: यसपछि अर्जेन्टिना, बेल्जियम, स्पेन, पोल्यान्ड, स्विट्जरल्यान्ड, फ्रान्स र चिली रहेका छन्।