नेपाल भ्रमण बर्ष २०२० तथा घुम्न जाउँ बर्दिया कार्यक्रमको आज प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उद्दघाटन गर्नुभएको छ ।
बर्दियाको चर्चित पर्यटकिय क्षेत्र ठाकुरद्धारामा आयोजना गरिएको कार्यक्रमका लागी संघ, प्रदेशका सांसद तथा मन्त्रि, राजनितिक दल, स्थानिय सरकार, पर्यटन ब्यवासायि, समाजसेवीबुद्धिजिवी वर्ग लगायतको उपस्थिती रहेको थियो ।
अग्रेंजी नयाँ बर्षलाई पारेर शुरु गरिएको नेपाल भम्रण बर्ष २०२० का अवसरमा आज देशैभरी विभिन्न कार्यक्रमका साथ नेपाल भम्रण बर्षको उद्दघाटन गरिएको छ ।
यसैबिच ‘विकास र पर्यटनका लागि सञ्चार : प्रदेश ५ को समृद्धिको आधार’ भन्ने मूल नाराका साथ नेपाल पत्रकार महासंघ प्रदेश ५ समितिको प्रथम साधारण सभा बर्दियाको ठाकुरद्वारामा सुरु भएको छ । बर्दिया टाइगर रिसोर्ट ठाकुरद्वारामा सुरु भएको साधारण सभाको प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले उदघाटन गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ प्रदेश ५ समितिका अध्यक्ष मौसम रोकाको अध्यक्षतामा भएको कार्यकममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, प्रेस संगठनका सह–संयोजक गणेश बस्नेत, महासंघको केन्द्रीय कार्यसमितिका पदाधिकारी, प्रदेश कार्यसमिति, प्रदेश ५ का १२ जिल्लाका महासंघका प्रदेश पार्षदहरु, जिल्ला अध्यक्षहरुको सहभागिता रहेको छ ।
-थप समाचार ।