-प्रेम विश्वकर्मा, पोखरा
पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जि.सी.ले उत्पादन र पर्यटनको माध्यमबाट पोखरा र गुलरियालाई जोड्न सकिने बताउनुभएको छ ।
यसै साता बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९ मथुराका जनप्रतिनिधि, कर्मचारी, समाजसेवी र बुद्धिजिवीहरुलाई पोखरा महानगरपालिकामा स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “हाम्रो महानगरपलिका एउटा बजार पनि हो, त्यहाँ उत्पादन भएको खाद्य बस्तुहरु, उपयुक्त मुल्य निर्धारण गरेर निर्यात गर्दा दुबै नगरपालिकाका नागरिकहरु लाभाम्बित हुन्छन, पर्यटन क्षेत्र पनि छ ।”
भुमिकर, नक्सा, सम्पति, पर्यटन नै महानगरपालिकाको मुख्य आम्दानीका स्रोत भएको भन्दै उहाँले नागरिकको सहजताका लागी महानगरपालिका आउनै नपर्ने गरी आफुहरुले सम्पुर्ण अधिकार वडा सम्म पुर्याएको जानकारी गराउनुभयो ।
विकटलाई निकट र सहज बनाउने गरी सडक विस्तारको कार्यलाई अगाडि बढाएको बताउदै उहाँले प्रविधि मैत्री शहर बनाउन महानगरपालिका लागेको बताउनुभयो ।
साथै उहाँले आन्तरिक पर्यटन प्रर्वद्धन र ८ सय कर्मचारीको हौसल्ला वृद्धिका लागी प्रत्येक कर्मचारीको परिवारले बर्षमा एक दिन पोखराका विभिन्न ठाउँमा गएर खाने, घुम्ने खर्च उपलब्ध गराउने योजना बनाईएको पनि बताउनुभयो ।
यस्तै खालका नागारिक लक्षित कार्यक्रमहरु पनि संञ्चालनमा ल्याईएको उहाँको भनाई छ ।
महानगरबासीको संख्या भन्दा पनि विभिन्न कार्यको सिलसिलामा होस अथवा घुमफिरका हिसावले पोखरामा बस्ने नागरिकको संख्या धेरै भएकाले सोही अनुसार योजनाहरु बनाई कार्यन्वयन गरिरहेको उहाँले सुनाउनुभयो ।
आफुहरुले बिक्ने खालका जनशक्ति उत्पादन र टिक्ने खालका योजनामा जोड् दिईरहेकाले गुलरिया नगरपालिका र वडा नम्बर ९ ले पनि ५० बर्षलाई थेक्ने योजना, मापदण्ड बनाएर काम गर्न नगरप्रमुख जि.सी.ले सुझाव दिनुभयो ।
अब्यवस्थित बसोबास, सुकुम्बासी समस्या छिटो समाधान गर्न सके गुलरिया र ९ नम्बर वडामा आम्दानीका स्रोतहरु वृद्धि हुने उहाँको बुझाई छ ।
अवलोकन भ्रमण २०७६ अन्र्तगत महानगरपालिकामा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा महानगरपालिकाको तर्फबाट उपसचिव गंगालाल सुबेदी, निर्मला शर्मा, त्यसैगरी बेलकुमारी गुरुङ्ग, राजस्व शाखाका छविलाल शर्मा, लगायतका ब्यक्तित्वहरु र गुलरिया नगरपालिका वडा नम्बर ९ मथुराको तर्फ जनप्रतिनिधिहरु बिनिता देवकोटा, धना थारु, शोभा गोडिया र सुर्य बहादुर सुनार सहभागी हुनुहुन्थ्यो ।
भने वडा सचिव राम प्रसाद थारु, स्थानिय समाजसेवी दिप बहादुर खड्का, युवा अगुवा मनोज न्यौपान्ने लगायतको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रमका संयोजक रहनुभएका जनप्रतिनिधि बिनिता देवकोटाले पोखरा महानगरपालिकाका नगरप्रमुख लगायत जनप्रतिनिधि, कर्मचारीलाई गुलरिया, बर्दिया भ्रमणको निम्तो दिदै सहकार्यको हात अघि बढाउन आफुहरु इच्छुक रहेकाले आवाश्यक पहल थाल्ने बताउनुभयो ।
उता पोखरा महानगरपालिकाका ३३ वडा मध्येको वडा नम्बर ५ का वडा अध्यक्ष धन बहादुर नेपालीले वडाबाट पुगेको टोलीलाई आफनो वडा कार्यालयमा स्वागत गर्दै यसले दुई वडा बीचको सम्बन्धलाई नजिक बनाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यस्तो खालको कार्यक्रमले नचिताएको सहयोग लिने, दिने काम सगैं निकटता बढाउँछ, बिकासको पाटो एउटा बजेट र अर्को जनपरिचलान नै अचुक उपाय हो ।”
वडा कार्यालयमा वडा सचिव असोक कुमार सुनार, वडा सदस्य पुप्पराज बराल लगायतले गुलरिया ९ बर्दियाबाट पुगेको टोलीलाई वडाले गरिरहेका कामकारर्बाही बारेमा जानकारी गराउनुभएको थियो ।
-साभार : गुडन्युज खबर डटकम