WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
अवधी पत्रकार संघ नेपालको काठमाण्डौ शाखा गठन गरिएको छ । काठमाण्डौ उपत्यकाका विभिन्न सञ्चार माध्यममा आबद्ध क्रियाशिल अवधीभाषी पत्रकारहरुको आज विहान काठमाण्डौमा भएको भेलाले पत्रकार दिग्विजय मिश्रको अध्यक्षतामा ११ सदस्यीय जिल्ला शाखा गठन गरिएको हो ।
शाखाको उपाध्यक्षमा विक्रममणी त्रिपाठी, सचिवमा हंसावती कुर्मी, सहसचिवमा प्रविण श्रीवास्तव, कोषाध्यक्षमा अरविन्द श्रीवास्तव सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
शाखाको सदस्यहरुमा सुरेन्द्रमणि त्रिपाठी, आलोक तिवारी, अब्दुल सलाम, सम्साद अहमद, युगज्योती क्रियाशिल, रत्नेश पाण्डे चयन हुनुभएको छ । शाखाको सल्लाहकारमा तपनाथ शुक्ला र रामचन्द्र पाण्डेलाई मनोनयन गरिएको छ ।
संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रको विशेष उपस्थितीमा शाखा चयन गरिएको हो । भेलामा बोल्दै केन्द्रीय अध्यक्ष मिश्रले देशभर रहेका अवधी भाषी पत्रकारहरुको छाता संघठनको रुपमा रहेकाले संघका विभिन्न जिल्ला शाखा खोलिसकिएकाले अब यसको विधान संशोधन गरि महासंघको रुपमा बनाउन लागेको बताउनुभयो ।
संघको बाँके, बर्दिया, दाङ, कपिलबस्तु, रुपन्देही, नवलपरासी र काठमाण्डौ जिल्लामा शाखा निमार्ण भइसकेको छ । सबै शाखामा गरि करिब २ सय जना यसका सदस्य समेत भईसकेका छन । विगत एक दशक बढीदेखि संघ क्रियाशिल रही अवधी भाषी पत्रकारहरुको हकहित, क्षमता अभिबृद्धि लगायतका विषयमा निरन्तर पेशागत रुपमा काम गर्दै आएको छ ।
कुनै पनि राजनितिक दलसंग आवद्ध नभई स्वतन्त्र र निश्पक्ष रुपमा अवधी भाषी पत्रकारहरुको विचार र आस्थाको छाता संगठनको रुपमा केन्द्रीयस्तरमा नेपालगन्जमा अवधी पत्रकार संघ नेपाल रहेको छ ।
संघमा दुई वटा राष्ट्रिय पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरिएको छ, भने केन्द्रीय कार्यालयको भवन निमार्णका लागि संघका सदस्य तथा समाजसेबी माधवराम बर्माले प्रदान गर्नुभएको जग्गामा अब भवन निमार्णको कार्य शुरु हुने अध्यक्ष मिश्रले बताउनुभयो ।