WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले संञ्चार क्षेत्रमा अझै संघियता नआएको बताउनुभएको छ । सोमबार नेपाल पत्रकार महासंघ बाँके शाखाको १२ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “अहिले पनि प्रेस पासका लागी काठमाडौं धाउनु पर्छ, लोक–कल्याणकारी बिज्ञापनहरु समानुपातिक रुपमा वितरण हुन सकेको छैन, यहाँ बिज्ञापन पनि काठमाडौंका राष्ट्रिय मिडियामा पुग्छन, राज्यले चौथो अंग भनेर मात्र हुदैन, लगानी गर्नुपर्छ ।”
महासंघको केन्द्रले ६५ बर्ष र बाँकेले ३० बर्ष इतिहास बनाउदै गरेको स्थितीमा पत्रकार तथा आमसंञ्चार माध्यमहरु राष्ट्र र नागरिक हितका पक्षमा उभिनु पर्ने बताउनुभयो । साथै उहाँले नेपाल पत्रकार महासंघमा अबका नेतृत्वहरु प्रत्यक्ष निर्वाचन प्रणालीबाट नै चयन गर्ने गरी तयारी भईरहेको पनि जानकारी गराउनुभयो ।
सबै ठाउँका प्रत्येक पत्रकारले आफनो नेतृत्व आफै चुन्न पाउनु पर्छ, केन्द्र, प्रदेश र जिल्लामा एकैसाथ निर्वाचन गर्ने गरी काम हुदैछ, उहाँले भन्नुभयो । एउटा अर्को प्रशंगमा अध्यक्ष आर्चायले पत्रकार मालिक भएका संञ्चार माध्यममा पुर्ण रुपमा श्रमजिबी पत्रकार ऐन कार्यन्वयन नभएको भए तत्काल महासंघको केन्द्रमा उजुरी दिन पनि अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो, “अहिले सम्म यस्तो उजुरी परेका छैन, श्रमजिबि पत्रकार ऐन कार्यन्वय नगर्ने पत्रकार, मालिक महासंघको सदस्य रहन सक्तैन ।” यसैगरी महासंघका उपाध्यक्ष बिपुल पोख्रेलले प्रेस मैत्री कानुन निर्माण गरी पेशा प्रति गौरवको अनुभुति गर्ने परिस्थिती निर्माण गर्न सम्बद्ध सरोकारवालालाई आग्रह गर्नुभयो ।
प्रदेश नम्बर पाँचका प्रदेश सभा सदस्य इन्द्र प्रसाद खरेल (आइपी) ले १२ औं साधारण सभा सफलताको शुभकामना दिदै मुलुकमा अस्थिरता निम्ताउने चलखेल हुदै गरेकाले यसमा पत्रकार तथा संञ्चार माध्यम सचेत भई लाग्नुपर्नेमा जोड् दिनुभयो ।
प्रदेश नम्बर ५ मा, एउटा निकै बहसको बिषय बनिरहेको स्थायि राजधानी सम्बन्धमा आइपीले भन्नुभयो, “भएका कम्जोरी सच्याउन गाहे हुन्छ, त्यही कम्जोरीलाई च्याप्प समातेर भाषण गर्दैमा केही हुदैन, म यति मात्र भन्न सक्छु अहिले, कि सबैलाई पायक पर्ने ठाउँमा राजधानी कायम हुन्छ ।”
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले स्वनियन्त्रीत र स्वआचारणमा प्रशासन तथा पत्रकारको सम्बन्ध परिपुरक भईराखोस भन्दै समाज, सरकार बिच सेतुको सक्रिय भुमिका निर्वाह गर्न सुझाव दिनुभयो । शान्ति सुरक्षामा दखल नपर्ने गरी समाजिक सुशासन, अनुसन्धान, तथ्यमा आधारित कुराहरुलाई ध्यान दिई कलम चलाउन सके पत्रकारिता तथा पत्रकारहरुको विश्वसनियता अझ बढ्ने धारणा राख्नुभयो ।
नेपालगंज उपमहानगरपालिकाका नगरप्रमुख डाक्टर धवल शम्शेर राणाले भन्नुभयो, “यहाँको चौतर्फी बिकासमा पत्रकार तथा संञ्चार माध्यमहरुको महत्वपुर्ण भुमिका रहेको छ, विगतमा झै तपाईहरु सँग समन्वय सहकार्य गरी अगाडि बढ्छौं, म साधारण सभा सफलताको शुभकामना दिन्छु, पत्रकारको बिचमा उभिए पछि केही भन्नै पर्ने हुन्छ यहाँ, संघियताको अन्याय नेपालगंजले भोगीरहेको छ, कुनै बेला देशकै दोस्रो नम्बरको नेपालगंजबाट अहिले सबै संघ, संस्था कार्यालयहरु अन्यत्र गई सके, अझै पनि सक्रिय भएर प्रदेश पाँचको राजधानी माग राखौं, नभए यही प्रदेशमा बसी रहनु पर्दैन, म माननीय ज्युहरुलाई भन्न चाहान्छु, सक्नुहुन्छ भने प्रदेशको राजधानी ल्याउनुहोस, सक्नुहुन्न बिकल्प खोज्नुहोस, हामी तपाईहरुको साथमा छौं ।”
यसैगरी नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले १२ औं साधारण सभा सफलताको शुभकामना दिदैं आचारसंहितामा बसेर काम गर्न सल्लाह दिनुभयो ।
र भन्नुभयो, “कुनै बिचार आस्थाका आधारमा परिचालन नगरियोस ।” उहाँअघि नेकपा बाँकेका नेता असोक कोइरालाले देशमा द्धन्द्ध मच्चाउने काम भईरहेको भन्दै नेपाललाई एकिकृत गराउन महासंघले भुमिका खेलोस भन्दै साधारण सभा सफलताको शुभकामना दिनुभएको थियो ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले भने उद्दघाटन सत्रमै भन्नुभयो, “केन्द्रिय अध्यक्ष ज्यू, उपाध्यक्ष ज्यु लगायतका अन्य अतिथि ज्यू सबै हार्दिक स्वागत गर्दछु, तर नेपाल पत्रकार महासंघ बाँके शाखाको १२ औ वार्षिक साधारणसभा चलिरहँदा धेरै साथीहरु आउन सक्नुभएको छैन, ति साथीहरुलाई यहाँ सम्म आउने वातावरण महासंघले बनाओस, यदि त्यसो हुन नसके हामी बहिस्कार गर्छौं ।
महासंघले एकलौटी रुपमा आफुखसी निर्णयहरु गर्दै आएको छ, कुनै पनि सदस्यलाई महासंघले निलम्बन गर्न नसक्ने भएको भएपनि केही सदस्यहरुलाई सानो–सानो कुरामा बिज्ञप्ति जारी गर्दै निलम्बन गरिएको छ, कसैले केही भन्यो भन्दैमा, कसैको बिषयमा जाहेरी प¥यो भन्दैमा कसैलाई निलम्बन गर्न पाइदैन, महासंघले त केवल सिफारिस गर्ने हो, निलम्बन गर्ने अधिकार महासंघको केन्द्रिय कार्यालयलाई मात्र छ ।”
नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैष्यले अन्र्तराष्ट्रिय जगतमा यहाँका पर्यटन लगायतका पर्यटक भित्रा्उन सक्ने खालका कुराहरुलाई आफनो कलमको माध्यमबाट पु¥याउन आग्रह गर्नुभयो ।
यसो गर्न सकियो भने अन्र्तराष्ट्रिय तहमा यहाँको बारेमा जानकारी हुन्छ, अनि हरेक बिकास निर्माणका काममा साहयता प्राप्त हुन्छ, उहाँले भन्नुभयो ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारुको अध्यक्षतामा संञ्चालन भएको साधारण सभामा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का सचिव शुक्रऋषि चौलागाई, राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्री, गैर–सरकारी संस्था महासंघ नेपाल ५ नम्बर प्रदेशका कार्यवाहक अध्यक्ष धर्मलाल रोकाय, जिल्ला बार एशोसियसनका अध्यक्ष अयुब सिद्धीकी लगायतले सम्बोधन गर्दै महासंघको साधारण सभा सफलताको शुभकामना दिनुभएको थियो ।
शाखा सचिव तिलक गाउँलेले संञ्चालन गर्नुभएको त्यस समारोहमा प्रदेश पाँचका प्रदेश सभा सदस्य कृष्ण केसी (नमुना), महम्मद याकुव अन्सारी, जिल्ला स्थित विभिन्न सरकारी तथा ग्रैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनितिक दल, अन्य समाजसेवी बुद्धिजिवी वर्ग, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
उपस्थित सम्पुर्ण अतिथिहरुलाई धन्यबाद दिर्दै बाँके शाखा अध्यक्ष ठाकुर सिंह थारुले आफु कोही कसैप्रति नराम्ररी ब्यवहार, निर्णायहरु गरी महासंघलाई अगाडि बढाउने पक्षमा नरहेको बताउनुभयो ।
सबैको साँझा सल्लाह र सुझावका आधारमा आफु नेतृत्वको टिम अघि बढ्ने भन्दै उहाँले असहमति भएका बिषयमा बसेर बहस र छलफल गर्न तयार भएको तर महासंघको विधान भन्दा बाहिर जान नसकिने स्पष्ट पार्नुभएको थियोे । साधारणसभाको बन्द सत्रले सचिव तिलक गाउँलेको सांगठनिक र कोषाध्यक्ष केशव रानाको आर्थिक प्रतिवेदन समेत पारित गरेको जनाईएको छ ।
अक्षयकोष तथा विभिन्न विधाका १३ वटा पुरस्कार वितरण
साधारण सभाको अवसर पारेर प्रदान गरिदै आईएका अक्षयकोष तथा विभिन्न विधाका १३ वटा पुरस्कारहरु वितरण गरिएको छ । वरिष्ठ पत्रकार पुर्णलाल चुके नेतृत्वको पुरस्कार छनौट समितिले शाखामा आवद्ध १ सय ८१ जना मध्येबाट पत्रकार तथा संञ्चार माध्यमको नाम समावेशी रुपमा छनोट गरि महासंघलाई पठाएको थियो ।
पुरस्कार छनौट समितिमा राष्ट्रिय समाचार समिति प्रदेश नम्बर ५ का प्रमुख निरज गौतम र मिसन टुडे दैनिक कोहलपुरका प्रकाशक, सम्पादक बिनोद पौडेल पनि रहनुभएको थियो ।
जस अनुसार बेलमति स्वास्थ्य पत्रकारिता पुरस्कार वागेश्वरी एफ.एम.का पत्रकार गुरुमुरत यादव र नयाँ पत्रिका राष्ट्रिय दैनिकका पत्रकार विश्वराज पछलङ्गयालाई प्रदान गरिएको छ ।
रामकली–चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार कालपृष्ठ दैनिकका तथा नेपाल समाचार पत्र दैनिकका पत्रकार राजकुमार श्रेष्ठ (कुमार), माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार सगरमाथा टेलिभिजन तथा कारोबार दैनिका पत्रकार लक्ष्मण ढुङगाना र वागेश्री टेलिभिजनका पत्रकार नरेन्द्र थापा, लियाकत अली क्रियाशिल पत्रकारिता पुरस्कार एभिन्युज टेलिभिजनका पत्रकार दुर्गा रोकाय र रेडियो मर्निङ स्टार ९० मेगाहर्जका कार्यालय प्रमुख डक्ट प्रसाद धिताल, क्रियाशिल पत्रकारिता पुरस्कार बिबिसी नेपाली सेवा र रेडियो सद्भावका विमला चौधरी र मिसन टुडे दैनिकका पत्रकार कालि बहादुर परियार, आखाँ स्वास्थ्य पत्रकारिता पुरस्कार नागरिक दैनिकका पत्रकार अर्जुन वलीलाई प्रदान गरिएको छ ।
तर अजुर्नले भने आफनो सामाजिक संञ्जाल फेसबुक मार्फत पुरस्कार लिन असमति जनाउनुभएको छ । पुरस्कारको रासी भने पाँच हजार रुपैयाँ रहेको छ छ । दैनिक नेपालगंज, रेडियो कृष्णसार एफ.एम र भिजन टेलिभिजनलाई भने संस्थागत पुरस्कार प्रदान गरिएको छ । अग्रज पत्रकारहरु बासुदेव श्रेष्ठ, गणेश जिसी र पन्नालाल गुप्तालाई नगद ३ हजार रुपैयाँ सहित सम्मान गरियो ।
नेपाल पत्रकार महासंघ बाँकेको बिकासमा सहयोग पु¥याएको भन्दै नेपालगंज उपमहानगरपालिकाका नगर प्रमुख डाक्टर धवल शम्शेर राणा, राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्री, खजुरा गाउँपालिकाका अध्यक्ष किष्मत कुमार कक्षपति, नेपालगंज मेडिकल कलेजका प्रबन्ध निर्देशक डाक्टर सुरेश कुमार कनोडिया, एड्भोकेसी फोरमका क्षेत्रिय प्रमुख बसन्त गौतम, नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैष्य, पत्रकार गजेन्द्र गुरुङ, चन्द्रश्वेर राज त्रिपाठी, अन्य ब्यक्तित्व राजु राना, मुस्तक अहमद जसगढ, बाँके युनेस्को क्लव, सिटीसी कालिका कन्ट्रसन प्रा.ली.लाई पनि सम्मान गरिएको छ ।
-प्रेम विश्वकर्माको सहयोगमा