जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाले आफनो बार्षिक कार्ययोजना तयार पारेको छ । एमबीएस गर्नुभएका प्रमुख प्रहरी उपरिक्षक (एसपी) सुरेन्द्र प्रसाद मैनाली हाजिर भए सगैं यो कामले गति लिएको थियो । उहाँले भेतनाम, इटाली जस्ता धेरै देशबाट अपराध अनुसन्धान, भीआइपी सेकुरेटी, पोलीस मेनेजमेन्ट लगायतका तालिम लिई सक्नुभएको छ ।
भने हाइटी, सुडान जस्ता देशमा करिब २ बर्ष सम्म रही राम्रो काम गरेको अनुभव समेत छ । विंस : २०२६ सालमा जन्मनुभएका एसपी मैनालीले थुप्रै तालिम सगैं अनुभव प्राप्त गरेकाले पनि जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाको बार्षिक कार्ययोजना २०७५ तयार भएको हो । राजनैतिक अतिवादी, पृथकतावादी, क्रियाकलाप (सिके राउत समूह, विप्लव समूह), धार्मिक तथा साम्प्रदायिकता सँग सम्बन्धित विवाद, जघन्य अपराध (मानव बेचविखन, बलात्कार, अपहरण), लागु औषध तथा सामाजिक अपराध, मानव अधिकार, मदिरा नियन्त्रण, लैङ्गिक हिंसा अन्त्य जस्ता बिषय उक्त कार्ययोजना भित्र प्राथामिकता परेका छन ।
यसैगरी राजस्वमा ३० प्रतिशत वृद्धि गर्ने, अपराध नियन्त्रणलाई ४० प्रतिशतमा पु¥याउने, फैसला कार्यन्वयनलाई पनि ४० प्रतिशतमा पु¥याउने र मुस्कान सहितको गुणस्तरीय सेवा प्रवाह गर्ने योजना छ । प्रस्तुत छ, नागरिक प्रहरी मिले मात्र समाज अपराध मुक्त हुन्छ भन्ने धारणा राख्नुहुने जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाका प्रमुख प्रहरी उपरिक्षक (एसपी) सुरेन्द्र प्रसाद मैनाली सँग सम्पादक भिम उचै ठकुरीले गर्नुभएको कुराकानी :–
१. एसपी साव यहाँलाई हाम्रो पत्रिकाको यो बिशेष कुराकानीमा हार्दिक स्वागत छ ?
धन्यवाद । यो महत्वपुर्ण अवसर दिनुभएको लागी तपाई र यो सम्पुर्ण टिमलाई ।
२. तपाई बर्दिया प्रहरी प्रमुख भएर आईसकेपछि बनाउनुभएको कार्ययोजना बाटै शुरु गरौन ?
म २०७५ साल साउन २८ गते हाजिर भएपछि सबैभन्दा पहिले भोली पल्ट नै यस जिल्लामा रहनुभएका संञ्चारकर्मी, समाजसेवी, राजनितिक दल, उद्योगी ब्यवासायी लगायत सबै सँग भेटघाट, छलफल गरे । पहिले के काम भयो र अब के–के काम गर्न बाँकी छ, त्यसैलाई आधार बनाएर “जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाको बार्षिक कार्ययोजना २०७५” भनेर तयार मैले पारे ।
जसमा विभिन्न कामहरु गर्ने भन्ने उल्लेख छ । जस्तो की, शान्ति सुरक्षा र अपराध नियन्त्रण तथा अनुसन्धानमा के गर्ने भन्ने कुराहरुमा, संबेदनशिल स्थानहरुको हामीले पहिचान गर्यौं । त्यसको आधारमा अगाडि बढ्नको लागी इन्फरमेसन र नेटवर्क विस्तार गर्ने अनि प्रहरी कर्मचारीलाई क्षमता अनुसार जिम्मेवारी बाँडफाँट गर्ने र भौतिक स्रोत साधानहरुलाई बढी उपयोग गरेर शान्ति सुरक्षा र अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउनको लागी योजना बनाएको कुराहरु छ ।
त्यसैगरी नयाँ अत्याधुनिक प्रविधिहरुलाई जोड दिन पोलिग्राफ परिक्षण प्रयोगमा ल्याएका छौं । तालिम प्राप्त कुकुरहरुलाई पनि हामीले अगाडि बढाएको अवस्था छ । त्यसैगरी बिपत्त ब्यवस्थापनका कुराहरु पनि समेटेका छौं । यसमा सिनियर प्रहरी अफिसरहरुको कमाण्डमा टोलीहरु पनि तयार गरेका छौं ।
यसैगरी पौडी खेल्न सक्नेहरुलाई बढी जोखिम युक्त क्षेत्रमा खटाउने, विपत्त पूर्व र पछि सम्बन्धी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाले निकालेको एफ अनुसार सो बारेमा तालिमहरु दिने काम भईरहेको छ । आपत्तकालिन सुरक्षा योजना पनि बनाएका छौं । घटना भईसकेपछि इजिक्ट पोइन्ट र इन्ट्री पोइन्ट कहाँ हो, कसुर आयो भने के कसरी जाने, भनेर त्यो किसिम्मको तयारी अनि घटेका अपराधको विषलेषण गर्ने नै हो ।
३. हजुरले नयाँ प्रविधिको कुरा गर्नुभयो ? यसको प्रयोगले सफलता चाँही कतिको पाउनुभएको छ ?
अघि मैले कुरा गरेको थिए, पोलिग्राफको, २०७५ मंसिर १८ गते जुन सम्मानित अदालतले थुनामा पनि पठाएको छ । यो कार्तिक १९ गतेको घटना हो, गोली हानी हत्या गरेको घटनामा हामीले यसको प्रयोग गरेका छौं ।
जस अनुसार पछि ३ जना योजनाकारलाई समात्न सफल भयौं । त्यसले अन्य दुई जनालाई होइन भन्ने कुरा पनि र्निकौल गरेको छ । त्यसकारण यो नयाँ प्रविधिलाई पनि जोड दिने हाम्रो कार्ययोजना छ ।
४. खुला सिमाको फाईदा उठाउदै गरिने अपराध न्युनिकरण गर्ने सन्र्दभमा यहाँको भुमिका कस्तो रहन्छ ?
हो त्यही कुरा नै मैले जोड दिई रहेको थिए । अघि मैले जुन कुरा भने कि आपत्तकालिन सुरक्षा योजना, त्यही अन्र्तगत बोर्डर इलाकामा, कुन इलाका, कुन इलाकाबाट चाँही गोली काण्ड भयो, त्यस्तो ठुलो क्रराइम भयो भने त्यसलाई कसरी रोक्ने, अनि पारीको निकाय सँग कसरी समन्वय गर्ने भन्ने हिसावकोे योजना पनि हामीले तयार गरेका छौं । जस अनुसार नै हामी अगाडि बढ्छौं, त्यस्तो अवस्थामा हामीले सोची रहनु पर्र्दैन । हरेक समस्याको समाधान गर्न प्रहरी तयार छ ।
५. अनि लागु औषध ?
यसमा आउन बित्तिकै मैले सबै कुरा बुझेपछि यहाँको सबैभन्दा ठुलो जटिल कुरा रहेछ लागु औषध । खुला बोर्डर भएकाले यहाँ हेर्दा खेरी कम्तीमा डेढ सय जति भर्खरका दुर्रबेसनीहरुका अभिभावकलाई बोलाएर सम्झाई–बुझाई गरेको अवस्था पनि छ । यि कुरा देखेपछि हामीले ३ वटा कुराहरु लिएर गयौं, लागुऔषधको निषेध, मदिराको बेचविखनमा नियन्त्रण र लैगिंक हिंसा अन्त्य । हामीले प्रमुख जिल्ला अधिकारी, म र अन्य विभिन्न सरोकारवाला निकायहरु सहित एकदम टिम इफोर्टका साथ काम शुरु गरेका छौ ।
घोषणा नै गरेका थियौं, बढैयाताल गाउँपालिकाको अन्र्तक्रिया कार्यक्रम, खैरापुरमा पनि हामीले लागुऔषधलाई निषेध नै गर्ने, यहाँबाट अवैध तरिकाले बस्तुहरु आयत निर्यात हुन्छ, त्यसलाई जिरोमा झार्ने, अनि यति गर्र्न नसके हामी रहदैनौं भन्ने सम्मका सार्वजनिक रुपमै अभिब्यक्ति दिएर पनि हामीहरु अघि बढेको अवस्था हो । सोही अनुसार अहिले हामीले ठुलो सफलता हासिल गरेका छौं, अहिले जुन लागु औषधको कुरा निकाल्नुभयो । २–३ महिनाको अवधिमा १० वटा मुद्धा नै हामीले दर्ता गरेका छौं ।
त्यसमा १७ जना बढी ब्यक्तिलाई पक्राउ गरेका छौं । जस्तो कि, १ महिना देखी फलो गरी ३० ग्राम ब्रराउन सुगर सहित सप्लार्सवाला ब्यक्तिलाई समात्न सफल भएका छौं । उसले टार्गेट पोइन्ट मधुवन नगरपालिका, गुलरिया र बढैयाताल गाउँपालिका वरपरका क्षेत्रलाई बनाउने रहेछ । त्यो चाँही कारोबारी नै रहेछ, ३० ग्राम भनेको ठुलो मात्रामा हो, संम्भवत : बर्दिया जिल्लामा यो पहिलो घटना हुनुपछर्, मलाई लाग्छ ।
त्यस्तै हेर्नुभयो भने यही गुलरियाबाट काठमाडौं जाने गाडिमा हामीले चेकजाँच गर्ने क्रममा सह–चालकको पर्सबाट ९ पुरिया ब्रराउन सुगर भेट्टाएका छौं । त्यही मधुवन नगरपालिकामा ५ जनालाई हामीले ब्रराउन सुगर, गाँजा, पैसा सहित समातेको अवस्था छ । राजापुर क्षेत्रमा झन नाइट्रोभेट ट्याब्लेट सहित समातेका छौं ।
इलाका प्रहरी कार्यालय मैनापोखर, बाँसगढीले पनि त्यसैगरी समाती रहेको छ । यो कस्तो देखिन्छ भने हीडन क्राइम हो । यो छैन भन्नुहुन्छ भने छैन, किन की देखिदैन त्यसैले । तर यसलाई जति अप्रेशन गर्यो त्यति निकाल्न सकिन्छ ।
६. तपाईको विचारमा प्रहरी लागु औषध नियन्त्रण गर्न सफल भईरहेको छ ?
एकदमै सफल भईरहेको छ । मैले भन्नुभन्दा पनि त्यो यहाँ त सबै ठाउँमा पनि बुझ्न सकिन्छ ।
७. यो लागु औषधको बिषयमा छिमेकी देश भारतका सुरक्षा निकाय सँग पनि समन्वय गर्नुहुन्छ ?
हाम्रो समन्वय हुन्छ, त्यो स्तर अनुसारको, जस्तो अहिले बोर्डर इलाका इन्सपेक्टर, सई, असई साव को बस्नुहुन्छ, उहाँले प्रत्येक दिन काम गरी रहनुभएको हुन्छ । तत्काल नै समन्वय गर्नुपर्ने अवस्था आउन सक्छ, त्यहीको एसएसबी युनिट सँग त्यहीको बिषयमा, र माथिल्लो स्तरमा यो भन्दा अगाडि पनि धेरै बैठक भएका भएका छन ।
कुराकानी बैठकपछि साढे २ सय बालबालिकाहरु हामी सबैको पहलमा उद्धार गरिएको घटना पनि छ । यो हिसावले हाम्रो समन्वय सहकार्य निरन्तर भईरहेको छ ।
८. लागु औषध नियन्त्रणका कुरा गरिरहँदा, बिद्यालय शिक्षा लगायतका सचेतनाका कार्यक्रम पनि त होलान हैन ?
एकदम राम्रो कुरा गर्नुभयो । शुरुवात नै हामीले यहीबाट गरेका हौं । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत डेढ सय भन्दा बढी कार्यक्रमहरु सम्पन्न गरी सकेका छौं ।
विद्यालय, गाउँ, नगरपालिकाका, गाउँपालिकाका जनप्रतिनिधि सहित राखेर हामी यति सम्म गर्यौ की, लागु औषधलाई निषेध गर्न, महिला हिंसा अन्त्य गर्न, जुवातास र मदिरा नियन्त्रण गर्नको लागी सिडियो साव अनि म आफै पनि प्रत्यक्ष रुपमा सक्रिय भई छलफलमा सहभागी भयौं । विभिन्न ठाउँमा संञ्जालहरु तयार पारेका छौं । बिद्यालय, स्थानियहरु जसमा समावेश छन । किनभने आम समुदायमा सचेतना आउनु सबैभन्दा पहिलो कुरा हो ।
९. खुला सिमा नाकाबाट हुने तस्करीमा प्रहरीको ध्यान गएको छ की छैन ?
यहाँ जंगलले भरीएको ८२ किलोमिटर पर खुला बोर्डर छ । गाडि मोटर बाट तस्करी गर्ने बाटो नै छैन । यहाँ भण्सार रोड गुलरियामा एउटा भण्सार कार्यालय छ, अर्को राजापुरमा रहेको छ । अहिले धेरै तस्करी जमुनी, कालिका, ताराताल वरपरका क्षेत्रबाट भईरहेको छ । पहिले संञ्चालनमा रहेका यि ठाउँका भण्सार कार्यालय अहिले छैनन् ।
हामीले धेरै चोरी तस्करीका समान यिनै ठाउँमा बढी समाती रहेका छौं । साढे २ महिनाकै अवधिमा अवधै रुपमा निर्यात, पैठारी गरेका २२–२३ लाख रुपैयाँका समानहरु समाएका छौं । यो चाँही गुलरियाका लागी ठुलो हो । यहाँ भण्सार छली गर्ने भनेको टोकरी, साइकलबाटै हो ।
नेपालगंज, भैरहवा जस्तो गाडीमै आउने त्यस्तो किसिमको यहाँ हुदैन । त्यसकारण जसरी चोरी तस्करी भईरहेको छ, त्यसैलाई पनि जिरोमा झार्ने हाम्रो प्रतिबद्धता हो । अहिले लगभग शुन्य भईसकेको अवस्था छ ।
१०. घरेलु हिंसाका अधिकांश घटनामा मदिरा जोडिएको पाईन्छ, यसमा के छ ?
अहिले स्थानिय सरकार पनि छ । उसलाई धेरै अधिकार भएकाले मदिरा नियन्त्रणका लागी को–को लाई लाइसेन्स दिने वा नदिने, कुुन–कुन ठाउँमा राख्न दिने, १८ बर्ष मुनिकोलाई नदिने, समय मिलाउने जस्ता धेरै कुराहरु हेरविचार गरेर अघि बढ्नु पर्ने हुन्छ ।
यही कुरालाई दृष्ट्रिगत गर्दै हामीले हार्ड कपी र सप्ट कपी नै दिएका छौं, संम्बन्धित स्थानिय सरकारलाई यसरी काम गरौं भनेर, अहिले शुरुवातको प्रक्रिया थालि सकिएको पाईन्छ ।
११. तपाई गलत गर्ने बाहिरकालाई त कारर्बाही गर्नुहुन्छ, अनि आफ्नै प्रहरी संगठन भित्र भए के गर्नुहुन्छ ?
एकदम ठिक प्रश्न गर्नुभयो । यो कुरा जिल्ला प्रहरी कार्यालय बर्दियाको बार्षिक कार्ययोजना २०७५ मै राखिएको छ । यसमा माननीय गृहमन्त्री ज्यूको ८२ बुँदे, प्रहरी महानिरिक्षक ज्यूको २१ बुदेँलाई दृष्टिगत गरेर जिल्ला प्रहरी कार्यालयले बनाएको कार्ययोजना अन्र्तगत अहिले जुन तपाईले प्रश्न राख्नुभयो ।
त्यसमा चाँही प्रहरीको आचारण र ब्यवहारमा सुधार गर्नको लागी ठुलो एउटा पोइन्टको रुपमा मैले राखेको छु । जस अन्र्तगत त्यसलाई यो प्रहरीबाट आचारण र ब्यवहार गरेको जस्तै एक जना प्रहरी हवल्दार नै बर्खास्त भएको अवस्था छ । एक जना असई सावलाई बर्खास्तको लागी डिआईजी साव सँग आवाश्यक प्रक्रिया अगाडि बढाएको अवस्था छ ।
५–६ जनाले ३ महिनामै नसित पाएको अवस्था छ । कतिलाई सचेत गराएका छौं । जब सम्म गलत गर्नेलाई कारर्बाही र राम्रो गर्नेलाई पुरस्कार दिने संस्कारको बिकास गर्न सकिदैन तब सम्म बाहिर चाँही जनतालाई यसो गरे र उसो गरे भनेर भन्न मिल्दैन । त्यसकारण हामीले यो एजेन्डा ठोस रुपमा उठाएर प्रहरीको पनि आचारण ब्यवाहारमा ध्यान दिएका छौं ।
१२. तपाईको यस्तो खाले कार्ययोजना प्रति अहिले प्रतिक्रिया कस्तो आईरहेको छ ?
एकदम राम्रो प्रतिक्रिया पाएको छु । त्यो मैनापोखरको गोली काण्डमा ३ जना योजनाकार सहित पक्राउ गर्न सफल भइयो, जसले गर्यो, ति प्रहरी कर्मचारीलाई अनद स्पट पुरस्कार दिईयो । यसले के गर्यो भन्नुहुन्छ भने राम्रो काम गरेपछि त अनद स्पट पुरस्कार पनि पाईदो रहिछ, भनेर त्यो कुराले अरु चाँही प्रहरी कर्मचारीहरुलाई हौसला प्रदान गरेको छ ।
यो कुरामा म फेरि एकदम प्रतिबद्ध छु । यसैगरी फैसला कार्यन्वयनकोे सिलसिलामा १९ जना जति समाती सकेका छौं । तिनीहरुले जसले समात्यो उनीहरुलाई हाम्रो प्रहरी दिवसको अवसर पारी यसपटक माननीय जिल्ला न्यायधिस, सिडियो सावको हातबाट रेकर्डमा जाने गरी पुरस्कार प्रदान गरेका छौं ।
यो कुराले प्रहरी वृतमा अहिले के भएको छ त भन्नुहुन्छ भने गल्ती गर्नेलाई छोड्दै छोड्दैन, र राम्रो गर्नेलाई तुरुन्त पुरस्कार दिने भएको हुनाले अब हामी यसरी जागरुक भएर लाग्नुपर्छ भन्ने एउटा सन्देश चाँही भित्र गईसकेको छ ।
१३. हवस्त, समय दिनुभयो ? हार्दिक धन्यबाद एसपी साव ?
हुन्छ, कार्यालय सम्म आएर हामीले गरेका काम कारर्बाही बारेमा आम जनतालाई जानकारी गराउने अवसर दिनुभयो, तपाईहरुलाई पनि हार्दिक धन्यबाद ।
–(यो कुराकानी प्रेम विश्वकर्माको सहयोगमा तयार पारिएको हो ।)