अनलाईननेपालगंज डटकम :
नेपालमा दुर्घटनाको क्रम अझै रोकिएको छैन | कसै न कसैको लापरवाहीको कारण अहिले पनि दिनहु धेरै व्यक्तिहरुले सडक दुर्घटनाको कारण ज्यान गुमाएको खबर सुनिन्छ छ भने कति अपाङ्ग नै भएको पनि समाचार आईरहेको हुन्छ | यस्तै एक दर्दनाक घटना भएको छ आज काठमाडौँ स्थित बुढानिलकण्ठमा | काठमाडौंको बुढानिल्कण्ठ मिलन चोकमा बा ४ ख १८८४ नम्बरको अनियन्त्रित गतिको हायसले रोकि राखिएको स्कुटर र एक युवतीलाई ठक्कर दिएर पांग्रामुनी थिचेको छ जसको कारण उक्त युवतीको मृत्य त भएको छैन तर निकै गम्भीर रुपमा घाइते भने भएकी छिन् |
सडक किनारामा रोकि राखिएको बा ७१ प १८८७ नम्बरको स्कुटर र त्यस माथि बसेकी एक महिलालाई हायसले सिधै आएर ठक्कर दिएको हो । किनाराको स्कुटरलाई ठोक्दै सडक पेटीमा उक्लिएपछि मात्रै हायस रोकिएको थियो । हायसका पांग्रा मुनी परेकी महिला निकैबेर छटपटाउँदै आमा आमा भनिरहिन् । स्कुटर र महिला दुबैलाई हायसको पांग्राले थिचेको थियो । तत्कालै स्थानीयले चालकलार्इ नियन्त्रणमा लिएर प्रहरीलार्इ जिम्मा लगाएका छन् । सवारी चालकले स्थानीयको कुटाइ खाएका थिए ।
घाइते उक्त महिलाको खुट्टामा गम्भीर चोट लागेको छ जुन दृश्य हेर्न निकै दर्दनाक छ भिडियोमा | उनलाई उठाएर हस्पिटल पुर्याउनको लागि ट्याक्सीमा हाल्न पनि स्थानीय बासिन्दालाई निकै गार्हो भएको थियो | घाइते महिलाको दर्दनाक चोटको कारण उनको नजिक जान पनि एकछिन सम्म स्थानीय बासिन्दा डराई रहेका थिए | तर पछि सबैले हिम्मत गरेर उनलाई उपचारको लागि तुरुन्त हस्पिटल पठाए | यी यस्तै घटना दिनहु भईरहेको छ जस मध्य निकै कम व्यक्तिहरुको मात्र ज्यान बच्न सफल भएको छ त्यस मध्य धेरै भने अपाङ्ग नै भएर बस्नु परेको छ | यसको समाधानको लागि के सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छैन र ?
हेर्नुस मन थामेर यो दर्दनाक भिडियो :