धनगढी । पौष २१ गते शुक्रबारदेखि धनगढी रंगशालामा आयोजना हुने निजि क्षेत्रकै सर्वाधिक धनराशीको ‘नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता—२०७४‘ मा भाग लिन टोलीहरु धनगढी आउन थालेका छन ।
शुक्रबार दिउँसो धनगढी रंगशालामा उद्घाटन हुने भएपनि प्रतियोगितामा सहभागी हुने टोलीहरु धनगढी पुगेका हुन उद्घाटन खेल खेल्ने काठमाण्डौको च्यासल युथ क्लव बुधबार धनगढी पुगेको छ । उद्घाटन खेल खेल्ने आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लववाट खेल्ने विदेशी खेलाडी पनि धनगढी आएका छन ।
आईवेरी कोष्टका राष्ट्रिय खेलाडी आरोन पनि गोल्डकप खेल्न धनगढी पुगेका छन । उनी हाल भारतमा व्यवसायिक फुटवल खेल्दै आएका छन । गोल्डकपमा भाग लिएका क्लवहरुमा विभिन्न विदेशी सहित नेपालका राष्ट्रिय खेलाडीहरु धनगढी आउदैछन । गोल्कडप खेल्ने टोली र प्राविधिक जनशक्तीहरु पनि धनगढी पुगेको र पुग्ने क्रम जारी रहेको सुदुरपश्चिम ११ स्पोर्टस क्लवका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो ।
तयारी पनि लगभग पुरा भएको अवस्थामा सहभागी टोली र अतिथिहरुको आउने क्रम सुरु भएको हो । खेल मैदान तयार भईसकेको छ भने अन्य आवश्यक सवै तयारी सकिने चरणमा रहेका छन । दुई दिनको समय वाकी रहँदा ९५ प्रतिशत तयारी सकिएको र केही सानातिना कामहरु गर्न मात्रै वाँकी रहेको छ ।
झण्डै ३ हजार ५ सय दर्शक क्षमताका दुई वटा प्याराफिट रहेको अवस्थामा करिब १५ सय दर्शक क्षमताको कृत्रिम प्याराफिट निर्माण काय सकिएको छ । प्रतियोगितामा नेपालका चर्चित फुटबल क्लब मनाङ मस्र्याङ्दी, संकटा, त्रिभुवन आर्मी, झापा ११, साहारा क्लब पोखरा, अग्नी रुपन्देही ११, सुदूरपश्चिम ११, धरान फुटबल क्लब, एपिएफ क्लब, काठमाडौं, डुक स्टार क्लब भुटान, च्यासल युथ क्लब, र थ्री स्टर क्लब गरी १२ वटा क्लबले प्रतियोगितामा सहभागिता जनाउँदै छन् ।
सहभागी टोलीहरुलाई दुई समुहमा विभाजन गरेर खेल तालिका पनि सार्वजनिक भईसकेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लव र काठमाण्डौको च्यासल युथ क्लवका वीचमा हुने प्रतियोगिताका प्रवक्ता ओम चन्दले जानकारी दिनुभयो ।
प्रतियोगिताको दोस्रो संस्करणका बिजेतालाई ११ लाख ११ हजार १११, उप बिजेतालाई पाँच लाख ५५ हजार ५५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ । यस्तै बिभिन्न बिधाका उत्कृष्टहरुलाई १५– १५हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाईकल पुरस्कार प्रदान गरिनेछ ।
प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १० हजारका दरले पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा टिकट काटेर खेल हेर्न जाने दर्शकहरुलाई प्रत्येक दिन गोलाप्रथाद्धारा मोवाईल प्रदान गरिने भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक सिजी ग्रुपको नेपाल आईस ब्राण्ड र सह प्रायोजकमा नेपाल टेलिकम रहेको छ ।