युएई, नेपाल राष्ट्रिय क्रिकेट टीमलाई यएईमा नगदसहित सम्मान तथा बिदाई गरिएको छ। हामी नेपाली एशोसिएशन, एभरेष्ट युएई मार्सल एण्ड स्पोर्टस् क्लब, नेपाली समाज युएई र बावर्चीले संयुक्त रुपमा क्रिकेट टिमलाई सम्मान गरेको हो।
सम्मान कार्यक्रममा प्रत्येक खेलाडीलाई डाक्टर दिनेश आचार्य (डिडिए) ग्रुपका तर्फबाट नगद १० हजार रुपैयाँ सहित प्रमाणपत्र, दोसल्ला र मायाको चिनो प्रदान गरिएको एभरेष्ट क्लबका टेक्निकल डाइरेक्टर रवि शाहीले बताएका छन्।
कार्यक्रममा नेपाली क्रिकेट टिमका तर्फबाट प्रशिक्षक जगत टमाटा, टिम म्यानेजर रमन शिवाकोटी, कप्तान पारस खड्का लगायतले आफ्नो धारणा राखेका थिए। एभरेष्ट क्लबका तर्फबाट सचिव पुर्णभक्त लामाले क्लब स्थापनाका बारेमा प्रष्ट पारेका थिए।
एभरेष्ट क्लबका उपाध्याय कुन्दन सिंहको सभापतित्वमा भएको कार्यक्रममा नेपाली समाजक युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, बिजिनेस काउन्सिलका एकेन्द्र थापा, नेवापुचःका उपाध्याय राजेश प्रधान तथा गैर आवासीय नेपाली संघ युएईका उपाध्यक्ष निर्मल पोखरेल, सदस्य समिम खान लगायतको उपस्थिति रहेको थियो।
कृष्ण पौडेलको मन्तव्य रहेको कार्यक्रमको सञ्चालन एभरेष्ट क्लबका कोषाध्यक्ष पर्शुराम घिमिरेले गरेका थिए। नेपाली क्रिकेट टोली आइसिसी बर्ल्ड क्रिकेट लिग च्याम्पियनशिप अन्तरगत युएई विरुद्धको खेलका लागि युएई आएको थियो। नेपालले दुवै खेलमा युएईसँग हार व्यहोरेको छ।