शँकर के सी बैशाख,१ सल्यान
,सल्यानमा ३ सय ५१ जना व्यापारी तथा व्यवसायीले आफ्ना नापतौलका सामान नविकरण तथा दर्ता गराएका छन् । स्थलगत रुपमै खटिएको नेपाल उद्योग वाणिज्य संघ सल्यान र गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय नेपालगञ्जका कर्मचारिको टोलिले जिल्लाका विभिन्न बजारमा पुगेर व्यापारीहरुका नापतौलका सामानः ढक तराजु कांटा, गज, मिटर, लिटर लगायत जांच गरी नवीकरण तथा दर्ता गरेको हो ।
व्यापारिले कम तौल भएको नापतौलका सामग्री प्रयोग गरेको तथा खिइएका डक तराजुको प्रयोगले उपभोक्ताहरु ठगिएको गुनासो आइरहेको बेला गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले लामो समय पछि सल्यानमा अनुगमन तथा दर्ता नविकरणको काम गरेको हो । आज कपुरकोटमा दर्ता तथा नविकरणको काम सकिए पश्चात क्षेत्रीय कार्यालयका निरिक्षक शम्भु आचार्यले जिल्लाका श्रीनगर, खलंगा, थारमारे, लुहाम लगाएतका बजारमा नविकरण नभएका नापतौलका सामानहरुको नविकरण तथा नयाँको दर्ता र खिएर कम तौल भएका ढक तराजुमा सिसा थपेर प्रमाणित गर्ने काम सम्पन्न भएको बताएका छन ।
यसैविच कपुरकोट बजारमा काफल किनेर खाने उपभोक्ताहरु ठगिएको भन्दै टोलिले काफल व्यापारिहरुलाइ तौलेर काफल बेच्न आग्रह गरेको छ । ६ दिन सम्म जिल्लाभरको काम सकेर गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय नेपालगञ्जको टोलि फर्किएको छ ।