अज्ञात समुहले त्रिपुर नगरपालिका अन्तरगतको संयुक्त वडा कार्यालयमा आज विहान आगजनी गरेको छ । साविकको ढिकपुर गाविस रहेको संयुक्त वडा कार्यालयमा आज विहान चार वजेतिर ५ जनाको संख्यामा आएका अपरिचित समुहले ताल्चा फोडेर आगो लगाएको प्रहरीले बताएको छ ।
त्रिपुर नगरपालिका अन्तरगत वडा नंं.–१० देखि १३ सम्मकाम हुँदै आयको संयुक्त वडा कार्यालयमा आगजनि गरिएको घटना स्थलवाट ईलाका प्रहरी कार्यालय नारायणपुरका प्रमुख एवं सइ धनवहादुर केसीले जानकारी दिनुभयो ।
समुहले कार्यालय प्रमुख बस्ने कुर्सी, बैठक कक्षमा रहेको काठको ¥याक र त्यहाँ रहेका कागजात मट्टितेल छर्केर जलाएको जानकारी दिनुभयो । आन्दोलनकारीहरुले आगजनी गरेको हुन सक्ने प्रशासनले आशंका गरेको छ ।