WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकपको मुखैमा घाइते भएका छन्। विश्वकप सुरू हुन दुईसाता मात्रै बाँकी रहँदा उनी घाइते भएको सीएनएनले जनाएको छ।
उनको पिँडुला सुन्निएकाले चिकित्सकले आराम गर्न सुझाएको मेसी आवद्ध फ्रान्सेली क्लब पेरी-सेन्ट-जर्मन (पीएसजी)ले जनाएको छ। उनी केही दिन उपचारमा रहनेछन्,’ पीएसजीको वक्तव्यमा उल्लेख छ।
मेसीले यो विश्वकप अर्जेन्टिनाका लागि ट्रफी भित्र्याउने अन्तिम मौका रहेको बताइसकेका छन्। उनी घाइते भएको खबरले अर्जेन्टिनाका समर्थकमा निरासा छाएको छ।
यद्यपी आगामी साताबाट मेसी सामुहिक तालिममा सहभागी हुने अपेक्षा गरिएको पीएसजीले जनाएको छ।‘मेसी आगामी साताबाट सामुहिक तालिममा सहभागी हुनसक्ने अपेक्षा छ,’ वक्तव्यमा भनिएको छ।
अर्जेन्टिनाका भरोसा मेसी अहिले लयमै देखिन्छन्। गत वर्ष बार्सिलोना छोडेर पीएसजी भित्रिएका मेसीले क्लबका लागि व्यक्तिगत १२ गोल गरेका छन् भने १४ वटा गोले उनको सहयोगमा भएको छ।
सन् १९८६ मा विश्वकप जितेको अर्जेन्टिनाले त्यसयताका खेलमा विश्वविजेता बन्न चुक्दै आएको छ। अर्जेन्टिनका लागि मेसीको नाममा सर्वाधिक ९० गोलको रेकर्ड छ। अर्जेन्टिनाले विश्वकपको पहिलो खेल साउदी अरबसँग खेल्नेछ।