WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
नेपालगन्जका उद्योगी, व्यवसायीहरुले आइतबार नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । उद्योगी, व्यवसायीहरुको छाता संस्था, नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा आन्दोलित उद्योगी, व्यवसायीहरु आज शुक्रबार नेपाल राष्ट्र बैंकलाई नीतिगत सुधारको दबाब दिन धर्ना दिएका हुन् ।एक घण्टे धर्नाका क्रममा व्यवसायीहरुले बैंकको चर्को व्याजका कारण व्यवसायीले तिर्न नसक्ने अवस्था आएको, कोरोनाका कारण धराशयी व्यवसायीले लिएको ऋणमा ब्याजदर मनपरी रुपमा बैंकहरुले बढाइरहेको भन्दै नियमन गर्न राष्ट्र बैंकसँग माग गरेका हुन् ।कार्यक्रममा बोल्दै अध्यक्ष मन्सुरीले बैंकहरुको चर्को ब्याजदर वृद्धिले कारोबार धराशयी भैरहँदा राष्ट्र बैंकले अघि सारेको नयाँ नीतिले बजार, व्यवसाय पूर्ण रुपमा ठप्प हुने दाबी गरेका थिए । कार्यक्रममा बोल्ने व्यवसायीहरुले ७ प्रतिशतमा लिएको ऋणको ब्याज १४ प्रतिशत पुगिसकेको भन्दै यस्तै अवस्था रहे व्यवसाय धान्न नसक्ने बताएका थिए ।