WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
-प्रेम विश्वकर्मा, बाँके
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेले आज आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई केन्द्रिय अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्नुभएको छ ।

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘चार्डपर्वले कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट जस्तै बन्ने सदबुद्धि देओस ।’ भन्ने शुभकामना पनि दिनुभयो ।

कार्यक्रममा पार्टीका महिला नेता तथा पूर्व सभामुख ओनसरी घर्तिमगर, बाँके जिल्लाबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने वर्तमान र पूर्व सांसद, पार्टीका केन्द्र, जिल्ला, स्थानिय तहका नेता तथा कार्यकर्ता विभिन्न भातृ संगठन, शुभेक्छुक जन लगायतको सहभागीता रहेको थियो ।

तर जिल्ला नेतृत्व तहले अध्यक्ष प्रचण्ड सगैं पार्टीका केन्द्रिय महासचिव विष्णु पौडेल पनि चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा आउने भनी हल्ला मात्रै गरेको भन्दै केही पार्टी कार्यकर्ताले भने गुनासो गरेका छन ।

चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी नेपाली कांगे्रस बाँकेका सभापति किरण कोइरालाले अवैध हतियार सहित पक्राउ परेका सन्दिप जंग शाह घटना प्रकरणलाई जोड्दै लोकतन्त्रमा कसैलाई अन्याय नहोस, भन्ने शुभकामना दिनु भएको थियो ।

नेकपा बाँकेका अध्यक्ष इन्द्र प्रसाद खरेल (आइपी) को अध्यक्षतामा भएको कार्यक्रममा छिमेकी जिल्लाहरुबाट पनि पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्ड आउने भएपछि पार्टी कार्यालय वरपरको बाटोलाई सवारी साधन सहजै पार्किङ्ग गर्न मिल्ने गरी बराबर गरिएको पाईएको छ ।


















