WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
माघि पर्वको अवसर पारी बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ तुल्सिपुरमा जिल्ला स्तरिय फुटबल प्रतियोगिता संञ्चालन गरिनेभएको छ । सोमबार जय दुर्गा भवानी क्लवले बोलाएको बैठकबाट प्रतियोगिता संञ्चालन गर्ने बारेमा आवाश्यक निर्णाय भएको हो ।
प्रथम पुरस्कार १ लाख रुपैयाँ, द्धितिय पुरस्कार ५० हजार रुपैयाँ र अन्य विभिन्न विधागत पुरस्कार राखिएको जिल्ला स्तरिय फुटबल प्रतियोगीता आगामी माघको तेस्रो साताबाट शुरु हुनेछ । यो अहिले सम्मकै सबैभन्दा बढी पुरस्कार रासीको फुटबल प्रतियोगिता हो ।
वडा नम्बर ४ का वडा अध्यक्ष राम बहादुर रावल, जय दुर्गा भवानी क्लवका अध्यक्ष महेन्द्र प्रकाश गिरी, स्थानिय समाजसेवी बासुदेव शर्मा, क्लवका आजिवन सदस्य तथा नेकपाका युवा नेता गेहेन्द्र ढकाल, क्लवका अन्य पदाधिकारी लगायतका स्थानिय ब्यक्तित्वहरु सम्मिलित बैठकले खेल मैदान स्थललाई शहिद गोविन्द पाण्डे स्मृति खेल मैदान नाम दिएको छ ।
विंसः २०४० साल देखी जय दुर्गा भवानी क्लवले रेखदेख, संरक्षण गर्दै आएको खेल मैदानलाई अझ थप ब्यवस्थित गरी ठुला प्रतियोगिताहरु संञ्चालन गर्नका लागी वडा, नगरपालिका तथा अन्य सरोकारवाला निकाय सँग समन्वय गरी पहल गर्ने निर्णाय समेत गरिएको उल्लेख छ ।