WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
पहिलो साफ यु-१९ च्याम्पियनसीपमा समूह ‘ए’को अन्तिम खेलमा बंगलादेशलाई २-१ले हराउँदै नेपाल समूह विजेता बनेको छ।
एन्फा मैदान, सातदोबाटोमा भएको खेलमा ११ औं मिनेटमा गोल गर्दै रोहित सरकारले बंग्लादेशलाई अग्रता दिलाएका थिए। त्यसको सातमिनेट पछि अन्जन बिष्टले गोल गर्दै खेल बराबरीमा ल्याए।
इन्जुरी समयको तेस्रो मिनेटमा नेपालले प्रहार गरेको ‘फ्री किक’ मा बंग्लादेशले सुसाइड गोल गरेपछि नेपाल २-१ले विजयी भएको हो। बंग्लादेशका तुतुल बादशाहले आफ्नै पोष्टमा गोल गरेका हुन्।
आज हार व्यहोरे पनि बंग्लादेश उपविजेताका रुपमा सेमिफाइनल पुगिसकेको छ।
सेमिफाइनलमा अब नेपालले समूह बीको उपबिजेतासँग खेल्ने छ भने बंग्देशले समूह बीको विजेताको समाना गर्ने छ।