WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
२ भदौ, काठमाडौं । मेम्फिस डिफेको दुई गोलको मदतमा म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिगको प्ले अफमा क्लब ब्रुगमाथि जित हात पारेको छ ।
मंगलबार राति भएको पहिलो लेगमा म्यानचेष्टर युनाइटेडले १० खेलाडीमा सिमित ब्रुगमाथि ३-१ को जित हात पारेको हो ।
वर्ल्ड ट्रार्फडमा भएको खेलमा ब्रुगले आठौं मिनेटमा माइकल क्यारिकको आत्मघाती गोलबाट सुरुवाति अग्रता लिएको थियो ।
तर, यो अग्रता धेरैबेर टिक्न सकेन । १३ औं मिनेटमा डिफेले बराबरी गोल फर्काए । पहिलो आफको अन्तिमतिर डिफेले नै व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
दोस्रो हाफको ८० औं मिनेटमा डिफेण्डर ब्राण्डन म्याकल रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ब्रुग १० खेलाडीमा सिमित भयो ।
खेलको अन्तिममा फेलिनीले गोल गरेपछि म्यानचेष्टर युनाइटेड ३-१ ले विजयी भयो ।
Source : onlinekhabar.com