WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
श्रीलंका विरुद्धको ३ मध्ये पहिलो टेष्टमा भारतले बलियो सुरुवात गर्दै घरेलु टोली श्रीलङ्कालाई दबाबमा पारेको छ। रविचन्द्रन आश्विनले प्रभावशाली बलिङ गर्दै छ विकेट लिएपछि श्रीलङ्कालाई दबावमा परेको हो।
श्रीलंकका गेल्लेमा घरेलु टोलीलाई पहिलो इनिङमा १८३ रनमा सिमित गरेको भारतले आफ्नो पहिलो दिन २ विकेट गुमाउँदा १ सय २८ रन बनायो।
लोकेश राहुल ७ र रोहित शर्मा ९ रन जोड्दा एलबीडब्लु आउट भए पनि धवन र कोहलीले भारतलाई बलियो स्थितिमा ल्याए।
धवन अभिजित ५३ र कोहली अभिजित ४५ रनमा छन्।
पहिले ब्याटिङ गरेको घरेलु टोली ४९.४ ओभरमा १८३ रन बनाउँदा अलआउट भयो। एन्जेलो म्याथ्युजले सर्वाधिक ६५ रन बनाए। दिनेश चण्डिमलले ५९, रंगना हेराथले २३ र लाहिरु थिरिमानेले १३ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। ६ विकेट लिने क्रममा आश्विनले १३.४ ओभर बलिङ गर्दा २ मेडन राख्दै ४६ रन खर्चिए।
अमित मिश्रले २ तथा बरुण आरोण र इशान्त शर्माले १-१ विकेट लिए।