नेपालगन्जमा जारी नेपालगन्ज युथ टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा थण्डर क्रिकेट क्लव र नेपाल टाइगर क्लव विजयी भएका छन् ।
स्थानिय मंगलप्रसाद उच्च माविको खेल मैदानमामंगलवार भएको पहिलो खेलमा थण्डरले महेन्द्र नमुना उच्च माविलाई ६९ रनले पराजित गरेको हो ।
खेलमा टस हारेर पहिला ब्याटिङ गरेको थण्डरले २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । उसका लागि सन्देश खनालले एक सय १२ निरज शाहुले ५२ र साबु अन्सारीले २३ रनको योगदान गर्नु भएको थियो । महेन्द्रका बलर शहिद अन्सारीले ३ विकेट लिनुभएको थियो ।