WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
एएफसी च्याम्पीयनसीप यु १९ छनोट फुटबल अन्तर्गत आज नेपालले तुर्केमेनिस्तानको सामना गर्दैछ । नौ वटा समूह मध्ये समूह ए को खेल आजबाट कतारमा सुरु हुन लागेको हो । समूह ए मा नेपालसंगै आयोजक कतार, भारत र उज्वेकिस्तान रहेका छन् । प्रत्येक समूहका बिजेता तथा उपबिजेतामध्ये उत्कृष्ट ६ फाइनल चरणमा प्रवेश गर्नेछन। आजको नेपाल र तुर्केमेनिस्तान बिचको खेल दोहाको अल अरबी स्टेडियममा नेपाली समय अनुसार साझ ७:१५ बाट सुरु हुदैछ ।
प्रतियोगितामा आज नै भारत र कतार पनि भिड्दै छन् । त्यसैगरी एन आर एन कतारले जनाए अनुसार कतारमा रहेका दुइ हजार भन्दा बढी नेपालीहरु आज स्टेडियममा पुगेर नेपाली टिम को हौसला बढाउनेछन् ।