WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
फिफा विश्वकप २०२२ अन्तर्गत मोरक्को र क्रोएसियाले अंक बाँडेका छन्।
बुधबार भएको समूह ‘एफ’ को खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेर अंक बाँडेका हुन्।
खेलमा अघिल्लो संस्करणको उपविजेता क्रोएसिया हाबी भए पनि फिनिसिङ गर्न भने चुकेको थियो।
क्रोएसिया र मोरक्को दुवैले सात सात प्रहार पोस्टमा प्रहार गर्दा दुई दुई प्रहार अनटार्गेट थिए।
जारी विश्वकपको यो चौथो बराबरी हो।
यसअघि अमेरिका र वेल्स, डेनमार्क र ट्युनिसिया तथा मेक्सिको र पोल्यान्डले पनि बराबरी खेलेका थिए।
जसमा अमेरिका र वेल्सले एक एक गोलको बराबरी खेल्दा बाँकी दुई खेल गोलरहित बराबरीमा सकिएका थिए।