WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
फिफा विश्वकप २०२२ मा डिफेन्डिङ च्याम्पियन फ्रान्सले सानदार सुरूवात गर्न सफल भएको छ।
समूह ‘डी’ को खेलमा फ्रान्सले अस्ट्रेलियालाई ४-१ गोलले हराउँदै सानदार सुरूवात गरेको हो।
खेलमा अग्रता भने अस्ट्रेलियाले लिएको थियो। अस्ट्रेलियाका लागि गुडविनले नवौं मिनेटमा गोल गरेका थिए।
तर २७ मिनेटमा फ्रान्सका एड्रियन रबिअटले बराबरी गोल फर्काए।
३२ मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए।
पहिलो हाफमा २-१ गोलले अघि रहेको फ्रान्सका लागि एमबाप्पेले ६८औं मिनेटमा तेस्रो गोल गरेका थिए।
७१ मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्न सफल भए।
यो समूहको अर्को खेलमा डेनमार्क र ट्युनिसियाले बराबरी खेल्दै अंक बाँडेका थिए।