WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेटमा नेपालले युएईलाई तीन विकेटले पराजित गरेको छ।
बुधबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईको लक्ष्य १३ बल बाँकी हुँदै भेट्टाएको हो।
युएईले पहिले टस जितेर ब्याटिङ रोजेको थियो। नेपालसामु १९२ रनको लक्ष्य प्रस्तुत गर्दा युएईले सबै विकेट गुमाएको नेपालले ४३.२ ओभरमा युएईलाई अलआउट गरेको थियो।
नेपालले भने ४७ ओभर ५ बलमा युएईले पेश गरेको लक्ष्य पुरा गरेको हो। बुधबारको खेलमा नेपालका गुल्सन झा प्लेयर अफ द म्याच भएका छन्। उनले ४९ बलमा नेपालका लागि सर्वाधिक ३७ रन बनाए। यस्तै कुशल भुर्तेलले ३५ रन बनाउँदा आरिफ शेखले अविजित ३३ रन बनाए।
यता युएइका मोहम्मद वासिमले अर्धसतक बनाएका छन्। अलिशान शराफुले भने ३५ रन बनाएका छन्। यसअघिको खेलमा नेपाल युएईसँग ८२ रनले पराजित भएको थियो। आजको म्याचमा विजयी भएसँगै यो ऋृंखला १-१ को बराबरीमा समाप्त भएको छ।