२९ असोज, बर्दिया । टयाक्टरको ठक्करबाट बर्दियामा एक जनाको मृत्यु भएको छ ।
बर्दियाको गेरुवा गाँउपालिका ४ खल्लागाँउका नविन ठकुरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरिक्षक निराजन सूनारले बताए ।
उनका अनुसार कर्णाली नदिमा आएका दाउरा टयाक्टरमा लोड गरी फर्कदै गरेको भे २ त २०९ नम्वरको टयाक्टरको पछाडीको भागले भे १० प ४४५८ नम्वरको स्कुटिलाई ठक्कर दिंदा नविन ठकुरी घाइते भएका थिए । गम्भिर घाइते भएका ठकुरीको उपचारको लागी जिल्ला अस्पताल गुलरिया लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको ।
प्रहरीले टयाक्टर चालक सुरेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।